Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तीनै तहको निर्वाचन एकै पटक गर्न माधव नेपालको प्रस्ताव, प्रधानन्यायाधीशलाई महाभियोगबारे छलफल नै भएको छैन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक १२ २०७८
  • 2K
    SHARES

पोखरा, कात्तिक १२ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले तीनै तहको निर्वाचन एकै पटक गर्ने व्यवस्था मिलाउनुपर्ने प्रस्ताव गर्नुभएको छ ।

पोखरामा पत्रकारहरुसँग नेपालले छुट्टाछुट्टै चुनाव गर्दा राज्यले ठूलो आर्थिक भार ब्यहोर्नुपरेको भन्दै तीनै तहको चुनाव एकै पटक गर्नुपर्ने बताउनुभएको हो ।

सबै चुनाव एकैपटक गर्न पाए खर्च पनि कम हुने र राष्ट्रको सम्पत्ति पनि जोगिने भन्दै उहाँले थप्नुभयो, ‘एउटा प्रदेशको काम एकैचोटि सम्पन्न गर्ने, अर्को प्रदेशको एकैचोटि सम्पन्न गर्ने । राष्ट्रको सम्पत्ति पनि धेरै जोगिन्थ्यो होला । कानुनी हिसाबमा केके अड्चन आउँछन्, थाहा छैन । तर, मेरो दिमागमा त्यो कुरा आइराखेको छ ।’

स्थानीय तहको चुनाव आगामी चैतमा गर्न प्रधानमन्त्री देउवाले प्रस्ताव गरेका सन्दर्भमा यसबारे सोचिनसकेको पनि बताउनुभयो । अहिलेको गठबन्धन चुनावसम्मै जाने र एमालेलाई ‘टर्च बालेर’ खोज्ने स्थितिमा पुर्‍याइने दाबी पनि उहाँले गर्नुभयो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको प्रकरणमा आफूले धेरै अध्ययन नगरेको भन्दै उहाँले विवादमा ल्याउने कामचाहिँ एमाले अध्यक्ष केपी ओलीले नै गरेको आरोप लगाउनुभयो ।

कसैको मानसम्मान नगर्ने ओलीले नै सबै सिस्टम भत्काउँदै हिँडेको र न्यायिक क्षेत्रमा पनि समस्या देखिएको उहाँको भनाइ थियो ।

प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाउनेबारे गठबन्धनमा कुरा नै नभएको भन्दै यो फगत हल्ला मात्र भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४