Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले नेतृत्वमा रहेका सबै सरकार ढालेर पत्तासाफ गर्ने अध्यक्ष दाहालको चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक १२ २०७८
  • 4.9K
    SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेको नेतृत्वमा रहेका सबै सरकार ढालेर पत्तासाफ गर्ने चेतावनी दिनु भएको छ ।

माओवादी केन्द्रले आज चितवनको भरतपुरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले एमाले अध्यक्ष केपी ओलीले आफूसँग बदला लिन खोज्दा बालुवाटारबाट बालकोट पुगेको टिप्पणी गर्नुभयो ।

उहाँले आफूसँग बदला लिन खोजे ओली आँफै सकिने चेतावनी दिँदै ओली प्रवृतिको अन्त्यका लागि पाँच दलीय गठवन्धन निर्माण भएको जिकिर गर्नु भयो । अध्यक्ष दाहालले ओली पानी बिनाको माछा झैं छटपटाउने र बरबराउने गरेको आरोप पनि लगाउनुभयो ।

माओवादीलाई सिध्याउन माडीमा राम सीताको नाटक मञ्चन गरिएको भन्दै उहाँले जनताको मन जितेर आएको पार्टीलाई सिध्याउने सपना कसैलाई नदेख्न चुनौति दिनुभयो ।

बुटवलमा गर्ने भनिएको महाधिवेशन आफूलाई सिध्याउन चितवन सारेको उहाँको जिकिर थियो । अध्यक्ष दाहालले चितवनमा ठूलो राजनीतिक लडाईं हुने र त्यो महाभारतको कुरुक्षेत्र जस्तै बन्ने बताउनु भयो । पाण्डव हुने की कौरव अब सोच्ने बेला आएको भन्दै उहाँले कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिनुभयो ।

ओलीबाहेकका कम्युनिष्टसँग एकताको लागि गृहकार्य भइरहेको र त्यसका लागि बिभिन्न चरणमा वार्ता भइरहेको उहाँकाे भनाइ थियो । त्यसअघि अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघले आयोजना गरेको कार्यक्रममा सहभागी हुनु भएका दाहालले चितवनको स्वास्थ्य क्षेत्रको विकासमा आफूले सरकारलाई ठोस कार्यक्रम योजना र बजेटका लागि आग्रह गर्ने आश्वासन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४