Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लौ आयो उड्ने मोटरसाइकलः चढ्ने हो भने आठ करोड रुपैयाँ ठीक पार्नुस्


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक ११ २०७८
  • 10.1K
    SHARES

एजेन्सी, कात्तिक ११ । जापानले आकाशमा उड्ने मोटरसाइकल निर्माण गरेको छ । एउटा ‘स्टार्टअप कम्पनी’ ले होभरबाइक भनिने आकाशमा उड्ने मोटरसाइकल बनाएको हो ।

यो बाइकमा उडेर यात्रा गर्न चाहने हो भने करिब आठ करोड १६ लाख नेपाली रुपैयाँ तिर्नुपर्ने छ । जापानमा यसको मूल्य ६ लाख ८० हजार डलर तोकिएको छ ।

होभरबाइकको ‘एक्सटुरिज्मो लिमिटिड इडिशन’ बुधवारदेखि जापानी बजारमा उपलब्ध गराएको निर्माता एएलआई टेक्नोलजीजले मानिसहरूले अब कार छोडेर आफ्नो उत्पादन प्रयोग गर्ने अपेक्षा गरेको छ ।

कम्पनीको लगानीकर्ता मित्सुबिसी र चर्चित फुटबल खेलाडी केइसुके होन्डा रहेको बीबीसीले जनाएको छ । एक पटक चार्ज गरेपछि यो बाइक एक सय किलोमिटर प्रतिघण्टाको गतिमा ४० मिनेटसम्म उड्न सक्ने पनि कम्पनीले जनाएको छ ।

आउँदो वर्षको मध्यसम्ममा एक जना चढ्न मिल्ने तीन सय केजी तौल भएका दुई सय वटा होभरबाइक उत्पादन गर्ने पनि उक्त कम्पनीले जनाएको छ ।

देशका व्यस्त सडकमाथिबाट उड्न अनुमति नदिने विद्यमान जापानी कानुनका कारण टोकियो जस्ता शहरमा भने उडान अनुमति पाउन गाह्रो हुने देखिन्छ । यद्यपि, उद्धार कार्यमा खटिने टोलीले उड्ने बाइक प्रयोग गर्न सक्ने कम्पनीले अपेक्षा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४