Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीले न्यायालयमाथि हस्तक्षेप गरेकाले अहिलेको अवस्था आयो– अध्यक्ष नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक ११ २०७८
  • 7.1K
    SHARES

कञ्चनपुर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले (एमाले) अध्यक्ष केपी शर्मा ओलीले न्यायालयमाथि अनावश्यक हस्तक्षेप गरेका कारण अहिलेको विवाद आएको आरोप लगाउनुभएको छ ।

पार्टी कार्यालयको उद्घाट्नका लागि कञ्चनपुर आउनुभएका धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले विभिन्न बखेडा झिकेर न्यायालयलाई बदनाम गर्न खोजेको आरोप लगाउनुभयो । ओलीको हस्तक्षेपकारी भूमिकाका कारण न्यायालयमा अहिले समस्या देखिएको उहाँको भनाइ छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाउने विषयमा सत्ता गठबन्धनमा छलफल नभएको उहाँले बताउनुभयो । उहाँले आफू निरन्तर काठमाडौं बाहिर रहेको र नेताहरू पनि व्यस्त रहेका कारण पाँच दलको बैठकसमेत बस्न नसकेको उल्लेख गर्नुभयो ।

न्यायालयको अहिलेको विवाद प्रणाली भत्काउने नियतले उद्देश्यले भइरहेको उहाँको जिकिर छ ।

अध्यक्ष नेपालले एकीकृत समाजवादीले निर्वाचनमा अन्य पार्टीसँग गठबन्धन गर्ने पनि बताउनुभयो । वर्तमान गठबन्धन पनि चुनावसम्मै जाने उहाँको भनाइ छ । अन्य पार्टीसँग गर्ने चुनावी तालमेलको सम्बन्धमा छलफल, परामर्श सुरु गर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।

अध्यक्ष नेपालले निर्वाचन आयोगबाट कलम चुनाव चिन्ह पाइसकेको उल्लेख गर्दै हिजोको सूर्य चिन्हमा ग्रहण लागेको टिप्पणी गर्नुभयो । उहाँले न्याय र सत्यको आवाज बुलन्द गर्नका लागि कलम चिन्ह नै जनताले रोज्नुपर्ने अवस्था बनिसकेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४