Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

न्यायाधीश राजीनामाको कुरा प्रणाली भत्काउने प्रवृत्तिको उपज : माधव नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक ११ २०७८
  • 12.1K
    SHARES

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने कुरा नाजायज र अनुचित भएको बताएका छन् ।

न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको पनि उनले बताए ।

समाजवादी प्रेस संगठनले आज कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले न्यायपालिकालाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने बताए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामाको आवाज उठिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनःस्थापनाको आदेश दिने सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका थिए । त्यसबारे सोधिएको प्रश्नमा नेपालले भने, ‘उहाँले (केपी शर्मा ओलीले) आफ्नो रिस साँध्नका लागि सबैलाई निकाल्नुपर्छ भन्दै जुन ढंगले भूमिका खेल्नुभएको छ, उहाँको अत्यन्तै अनुचित हस्तक्षेपकारी, देशका सबै सिस्टमलाई भत्काउने प्रवृत्तिकै उपज हो ।’

ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउने कुरा नाजायज र अनुचित बताउँदै नेता नेपालले भने, ‘केपी ओली जीले साराथोक बिगार्नु भाछ । न्यायपालिकालाई अनावश्यक रुपमा लान्छना लगाउने काम गर्दै आउनु भयो । न्यापालिकालाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने हो ।’

पछिल्लो समय विवादमा परेका प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबरालाई महाअभियोग लगाउनेबारे छलफल नै नभएको पनि उनले बताए । ‘महाअभियोगको विषय प्रवेश नै गरेको छैन, छलफलै भएको छैन । म बाहिरको बाहिर छु । हाम्रो पाँच दलको बैठक पनि बसेको छैन,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४