Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्राकृतिक चिकित्साप्रति महानायकको चासो, पुगे नवलपुर


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक १० २०७८
  • 3.8K
    SHARES

नवलपुर । महानायक राजेश हमालले प्राकृतिक उपचार स्वास्थ्यका लागि महत्त्वपूर्ण रहेको बताएका छन् ।

मंगलबार प्राकृतिक चिकित्सा पद्धतिबारे जानकारी लिन नवलपुरको रजहरमा आएका हमालले प्राकृतिक चिकित्सा पद्धति अपनाएकाहरू शारीरिक रूपमा स्वस्थ्य रहेको बताउनुभयो । यहाँको उपचारबाट केही मानिसको स्वास्थ्यमा राम्रो प्रभाव परेको देखेपछि बुझ्नको लागि आएको उहाँले स्पष्ट पारे ।

सोमबार नवलपुर आएका हमालले सामान्य जानकारी लिए पश्चात मंगलबार केहि उपचारका पद्धतिमा पनि सहभागी भएका थिए । रोग नलागेका व्यक्तिहरूले पनि उपचार लिन सकिने हुँदा यो उपचार पद्धति स्वस्थ्य जीवनको लागि आवश्यक रहेको बताए ।

आफूले सामान्य उपचार पद्धति अपनाएको बताउँदै महानायक हमालले केही समयमा परिवारसँगै प्राकृतिक उपचारका लागि आउने बताए । शिक्षा, स्वास्थ्य र रोजगारलाई राज्यले प्राथमिकता दिनुपर्ने दायित्व नै भएको भन्दै उनले प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

महानायक हमाललाई चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्री, व्यवस्थापक हरि सपकोटाले चिकित्सालय र उपचारपद्धती बारे जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४