Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शाक्यले बुझाइन् राजीनामा, बागमतीमा अर्को सरकारको बाटो खुल्यो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक १० २०७८
  • 4K
    SHARES

काठमाडौं। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादव शर्मासमक्ष राजीनामा बुझाएकी छन् । बुधबार प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा घोषणा गरेको केहीबेरमा  उनले प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् ।

१०९ सदस्यीय प्रदेशसभामा नेकपा एमालेको ५६ सांसद हुँदा भदौ २ गते एकल बहुमतको मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य पार्टी विभाजित भई नेकपा एकीकृत समाजवादी गठन भएपछि अल्पमतमा परेकी थिइन् । हाल प्रदेशसभामा एमालेको ४३ जना मात्रै सांसद छन् ।

मुख्यमन्त्री शाक्यले राजीनामा बुझाएपछि बागमती प्रदेशमा अर्को सरकार गठनको बाटो खुलेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले बागमती प्रदेशमा अर्को सरकार गठनको तयारी गरेका छन् । उनीहरुले एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने निर्णय समेत गरेका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुखले अर्को सरकार गठन गर्न दिएको समयभित्रै गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४