Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मंसिरभित्रै महाधिवेशन गर्ने अर्को कार्यतालिका ल्याउन देउवाको आग्रह !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ९ २०७८
  • 3.9K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि संशोधन हुने भएको छ । पार्टीको १४ औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने तय भएको थियो । तर निर्वाचन समितिले मंगलबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पदाधिकारीसँग गरेको छलफलमा तोकिएको समयमा महाधिवेशन गर्न नसकिने बताएको हो ।

निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले मंसिर ९ देखि १३ गतेको अवधिमा महाधिवेशन गर्न नसकिने बताए । निर्वाचन समितिले पार्टीले निर्वाचन कार्यतालिकाअनुसार काम नगरेको गुनासो गरेको थियो । सभापति देउवाले मंसिरभित्रै महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

‘पार्टी सभापतिले स्पष्ट रुपमा निर्वाचन समितिलाई सम्पूर्ण अधिकार छ । तपाईंहरुले यो प्रक्रियालाई चाँडोभन्दा चाँडो अगाडि बढाउनुहोस् । र मंसिरभित्र महाधिवेशन गरी सक्नुपर्छ । त्यसकारण यो तलदेखि केन्द्रीय महाधिवेशन जुन छ, यो मंसिरभित्र हुनुपर्छ । र त्यही अनुरुप तपाईंहरुले कार्यतालिका लागि होमवर्क गर्नुस् भनेर सभापतिले स्पष्ट निर्देशन दिनुभएको छ’ डा. महतले भने ।

निर्वाचन समितिका सदस्य घिमिरेले पार्टीले सहयोग गरेमा मंसिरभित्रै महाधिवेशन गर्न सकिने भन्दै आफूहरुले दुई दिनमा नयाँ कार्यतालिका ल्याउने बताए ।

छलफलका क्रममा वरिष्ठ नेता पौडेलले मंसिर ९ देखि १३ गतेकै मितिमा महाधिवेशन गर्नुपर्ने बताएका थिए । तर निर्वाचन समितिले सो समितिमा महाधिवेशन गर्न नसकिने बताएको छ । कतिपय जिल्लामा वडा अधिवेशन पनि नभएको अवस्थामा अबको एक महिनाको अवधिमा सबै महाधिवेशन गर्न नसकिने निर्वाचन समितिले बताएको छ ।

त्यसपछि पौडेलले महाधिवेशन मंसिरभित्र सम्पन्न गर्ने गरी केन्द्रीय समितिबाट निर्णय गराउन सभापति देउवालाई आग्रह गरेका छन्। महाधिवेशनको कार्यतालिकामा केही सानोतिनो हेरफेर गर्नुप¥यो भने कार्य समितिले बनाएको कार्यतालिका हो । र त्यसलाई हेरफेर गर्न पनि केन्द्रीय कार्य समिति बैठक बोलाउनुपर्छ । त्यसलाई फर्मल बनाउन पनि केन्द्रीय कार्य समितिको बैठक बोलाइयोस् भनेर मैले माग गरेको छु’ वरिष्ठ नेता पौडेलले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४