काठमाडौं । साताको पहिलो दिन शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेको छ । साताको पहिलो दिन आइतबार दोहोरो अंकले बढेको नेप्से परिसूचक सोमबार ८७ दशमलव ६३ अंकले बढेर २ हजार ६ सय ७२ दशमलव २५ अंकमा पुगेको छ ।
‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६१ अंकले बढेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार भएको छ ।