Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वरिष्ठ नेता रामचन्द्र पौडेलको जोडबलले मन्त्री भएँ– डोबाटे


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक ६ २०७८
  • 12.4K
    SHARES

पोखरा । गण्डकी प्रदेशका विनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले आफू नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जोडबलले मन्त्री भएको बताउनुभएको छ ।

मुख्यमन्त्री कार्यालयमा पत्रकारसँग पहिलोपटक बोल्दै उहाँले यस्तो बताउनुभएको हो । ‘राष्ट्रिय राजनीतिमा सरकार फेरबदलको समयदेखि नै रामचन्द्र पौडेलले मन्त्री बनाउन चाहे पनि मन्त्री हुन सकेको थिइनँ,’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकारको आलोचना बढी नै हुन थालेपछि मन्त्री भएँ ।’

डोबाटे २५ असोजमा मन्त्री नियुक्त हुनुभएको थियो । त्यसअघि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले साउन ८ गते मन्त्रिपरिषद् विस्तार गर्दा उहाँलाई समेत मन्त्री बनाउन बोलाए पनि अन्तिम समयमा उहाँको स्थानमा व्यवसायी विन्दुकुमार थापालाई मन्त्री बनाइएको थियो ।

गण्डकी सरकारमा ११ मन्त्रालय छन् । डोबाटे पनि मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ । यद्यपि उहाँलाई विभागीय जिम्मेवारी दिइएको छैन ।

प्रदेश सभा सदस्यको संख्याको २० प्रतिशतलाई मन्त्रिपरिषद् सदस्य बनाउन सकिने संवैधानिक प्रावधान छ । गण्डकी प्रदेश सभामा ६० सदस्य छन् । त्यस आधारमा १२ जना मन्त्री बन्न सक्छन् ।

दलित सांसद डोबाटेलाई मन्त्री नबनाएको भन्दै मुख्यमन्त्री पोखरेलको चर्काे आलोचना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४