Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनकपुरमा खानेपानी कार्यालयका प्रमुखमाथि दुर्व्यवहार गर्ने १७ जनाविरूद्ध मुद्दा दर्ता, आपराधिक कार्य गरेको आरोप


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक ५ २०७८
  • 2.1K
    SHARES

जनकपुरधाम,  । खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहामाथि अमानवीय व्यवहार गर्ने १७ जनाविरूद्ध प्रहरीमा मुद्दा दर्ता गरिएको छ ।

बिहीबार कुशवाहालाई कार्यालयबाटै नियन्त्रणमा लिएर कुटपिट गरी अर्धनग्न बनाउँदै हिलो पोतेर नगर परिक्रमा गराउने जनमत पार्टीका १७ जना नेता/कार्यकर्ताविरुद्ध सरकारी वकिलको कार्यालयमार्फत् मुद्दा दर्ता गराइएको हो

उनीमाथि अभद्र व्यवहार र कार्यालयमा तोडफोड गर्ने प्रायः सिराहा, सर्लाही र महोत्तरीका रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । उनीहरूविरूद्ध अभद्र र आपराधीक कार्य गरेको आरोपमा मुद्दा चलाइएको हो ।

मुद्दा लगाइएकामा जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो छन् ।

यसैगरी, विजय यादव, सञ्जय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, सञ्जयकुमार सिंह, सञ्जय साह, महेश कुमार यादव, अमरनाथ साह र सुन्दर मण्डलविरूद्ध पनि मुद्दा दर्ता गरिएको छ ।

आरोप प्रमाणित भएमा आरोपितहरुलाई चार वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी प्रबन्ध छ ।

जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बलवा टोलमा पार्टी अध्यक्ष सिके राउतको घर छेउ खनिएको सडक खाल्डो नपुरेको आरोपमा कुशवाहामाथि दुर्व्यवहार गरिएको थियो । जसको सर्वत्र आलोचना भएको थियो भने अराोपितहरुलाई कार्वाही गर्न माग भएको थियो ।

डिएसपी वस्नेतकाअनुसार पक्राउ परेका ५२ मध्ये १७ जनालाई मुद्दा चलाई अरुलाईं छाडिने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४