Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिफा वरीयतामा नेपाल एक स्थान तल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक ४ २०७८
  • 2.8K
    SHARES

 काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९ औं स्थानमा छ । यसअघि सेप्टेम्बरमा सार्वजनिक वरीयतामा नेपाल १६८ औं स्थानमा थियो ।

माल्दिभ्समा अक्टोबरको १ देखि १५ तारेखसम्म भएको साफ च्याम्पियन्सिपमा पहिलो पटक फाइनलमा पुगे पनि नेपालको वरीयता भने खस्किएको छ ।

साफमा नेपालले माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो भने बंगलादेशसंग बराबरी खेलेको थियो । भारतसंग भने लिग र फाइनल गरी दुई पटक पराजित भएको थियो ।

दक्षिण एसियाली राष्ट्रको वरीयता हेर्दा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत एक स्थान सुधार गर्दै १०६ औं स्थानमा उक्लेको छ भने माल्दिभ्स दुई स्थान सुधार गर्दै १५६ औं स्थानमा छ ।

यस्तै नेपालभन्दा पछि रहेकामध्ये भुटान र बंगलादेश भने स्थान सुधार गर्दै क्रमश: १८६ औं र १८७ औं स्थानमा उक्लेका छन् । फिफाको प्रतिवन्धमा रहेको पाकिस्तानको वरीयता पनि एक स्थान सुधार हुँदै १९७ औं स्थानमा छ । श्रीलंका एक स्थान सुधार गर्दै २०४ औं स्थानमा उक्लेको छ ।

विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ भने ब्राजिल दोस्रो स्थानमा कायमै छ । फ्रान्स र इटली एक स्थान सुधार गर्दै तेस्रो र चौथो स्थानमा उक्लेको छ । इंग्ल्याण्ड पाँचौं स्थानमा झरेको छ ।

अर्जेन्टिना छैटौं, स्पेन सातौं र पोर्चुगल आठौं स्थानमा झरेको छ । मेक्सिको नवौं र डेनमार्क दशौं स्थानमा यथावत छन् । एसियाली राष्ट्रमा इरान २२ औं र जापान २८ औं स्थानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४