Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेलायतले नेपाललाई ‘रेड लिस्ट’बाट हटायो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २२ २०७८
  • 2.2K
    SHARES

काठमाडौं । बेलायतले नेपाललाई रेड लिस्ट (रातो सूची)बाट हटाएको छ । बेलायत सरकारले बिहीबार गरेको यो निर्णय आउँदो सोमबारबाट लागू हुने छ ।

बेलायतले रातो सूचीबाट हटाएपछि नेपालले खुसी व्यक्त गरेको छ ।

कोरोना संक्रमण नियन्त्रणमा लिने उद्देश्यअनुसार बेलायत सरकारले नेपालसहित ५४ देशलाई रातो सूचीमा राखेको थियो । तर बिहीबार ४७ वटा देश रातो सूचीबाट हटेका छन् ।

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाल सोमबारबाट रातो सूचीबाट हट्ने जानकारी ट्वीटरमार्फत दिएकी छन् ।

तर अझै पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हाइटी र डोमिनिक रिपब्लिकसहित सातवटा देश बेलायतको रातो सूचीमा कायम छन् ।

नेपाललाई रातो सूचीबाट हटाएपछि लन्डनस्थित नेपाली दूतावासकी प्रवक्ता श्रीमती रोशन खनालले बेलायत सरकारको निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिएकी छन् । उनका अनुसार अब बेलायत यात्रा गर्ने नेपाली विद्यार्थी तथा यात्रुहरुलाई सहज हुने छ ।

‘नेपाललाई बेलायतको रातो सूचीबाट हटाउनका लागि हामीले पहल गर्दै आएका थियौं,’ खनालले भनिन्, ‘अब नेपालबाट ब्रिटेन यात्रा गर्ने यात्रुहरूलाई सहज हुने अपेक्षा गरेका छौं ।’

यसै वर्षको शुरूमा ब्रिटेनले संसारभरिका देशहरुलाई ‘रातो’, ‘पहेंलो’ र ‘हरियो’ गरी तीन सूचीमा राखेर वर्गीकरण गरेको थियो । बिहीबारको निर्णयबाट बेलायतले पहेंलो सूची हटाएर हरियो सूचीमा रहेका देशहरुको संख्या ह्वात्तै बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४