Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश १ को हिउँदे अधिवेशन : विश्वासको मतको प्रस्ताव दुई दिनपछि मात्रै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २२ २०७८
  • 5.1K
    SHARES

विराटनगर । दशैंको दोस्रो दिन आज प्रदेश १ को नवौं तथा हिउँदे अधिवेशन सुरु हुँदैछ । मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको नियमित अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे बस्ने छ ।

विश्वासको मत लिनका लागि अधिवेशन आह्वान भएपनि विश्वासको मतका लागि प्रस्ताव भने आज दर्ता हुने छैन । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लछुमन तिवारीका अनुसार आज संसदीय दलका नेताहरुले सम्बोधन गर्नेछन् ।

उनका अनुसार विश्वासको मतका लागि प्रस्ताव पछि बस्ने बैठकमा जानेछ । ‘संसदको कार्यसूची सभामुखले तयार गर्नुहुन्छ,’ उनले भने, ‘हिउँदे अधिवेशनको पहिलो बैठक भएकाले दलका नेताहरुले सम्बोधन गर्नुहुन्छ, विश्वासको मतका लागि प्रस्ताव आइतबार नभए सोमबार दर्ता हुन्छ ।’

असोज २५ गतेपछि मुख्यमन्त्रीलाई संविधानले नचिन्ने बताउँदै माओवादी केन्द्रले विश्वासको मत लिन ढिलो गरे प्रदेश प्रमुखलाई बहुमतका लागि सरकार बनाउनका लागि आह्वान गर्न आग्रह गर्ने जनाएको छ ।

नवौं अधिवेशन प्रदेश सभाको नयाँ भवनमा हुँदैछ । भवन निर्माणमा दुई करोड ५९ लाख र आन्तरिक सजावटमा ५० लाख खर्च गरिएको प्रदेशसभा भवन बुधबार मात्रै मुख्यमन्त्री आचार्यले उदघाटन गरेका थिए । उदघाटनका क्रममा उनले घुमाउरो भाषामा दशैंपछि मात्रै विश्वासको मत लिने बताएका थिए । विपक्षी दलहरु भने ३० दिनभित्रै मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्ने अडानमा छन् ।

नेकपा एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीका अनुसार बैठक अघि सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने उनले बताए ।

कार्यव्यवस्था परामर्श समितिको बैठक अघि एमाले संसदीय दलको बैठक बस्दैछ । संसदीय दलको बैठक नियमित रहेको मन्त्री तिवारीले जानकारी दिए ।

नेकपा एमाले विभाजनको दोस्रो दिन गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्य अल्पमतमा छन् । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा सत्ता पक्षसँग ४१ जना सांसद छन् । प्रतिपक्षी गठबन्धनसँग ५० सांसद छन् । प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

‘आज दर्ता गरेर सोमबार प्रकृयामा जानुपर्छ’

प्रतिपक्षी दल नकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो आजै संसदमा प्रस्ताव टेबल गरेर दुई दिनपछि प्रकृयामा लैजानुपर्ने बताउँछन् ।

असोज २५ गतेपछि मुख्यमन्त्रीलाई संविधानले नचिन्ने बताउँदै उनले विश्वासको मत लिन ढिलो गरे प्रदेश प्रमुखलाई बहुमतका लागि सरकार बनाउनका लागि आह्वान गर्ने बताए । ‘आज प्रस्ताव संसदमा दर्ता गरेर दुई दिन भित्र प्रकृयामा लैजानुपर्छ,’ उनले भने, ‘तर उहाँहरुले लाज पचाएर दशैं मान्न खोजिरहनु भएको छ ।’

प्रदेशसभा नियमावलीमा प्रस्ताव दर्ता भएको दुई दिनपछि संसदमा टेबल गर्ने प्रावधान छ । सोही प्रावधान अनुसार आजै प्रस्ताव दर्ता गर्न प्रतिपक्षले दबाब दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४