Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस रामेछाप अधिवेशन- न्याय भयो, वर्चस्व तोडियो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज २० २०७८
  • 5.7K
    SHARES

रामेछाप ।  नेपाली काङ्ग्रेसको  १४ औं महाधिवेशनका लागि  चुनिनु पर्ने महाधिवेशन प्रतिनिधिहरूको मत परिणाम सार्वजनिक भै सकेको छ । रामेछाप कांग्रेसले यसपालीको मत परिणाम भने युवाको पोल्टोमा बर्चस्व कायम हुने गरि दिएको छ । खुल्ला पुरुष महाधिवेशन प्रतिनिधि तर्फ केहि पुराना नेताहरूलाई न्याय गरेको छ भने युवाहरूलाई समेत निर्वाचित गराएको छ ।रामेछाप कांग्रेसले  रामेछाप कांग्रेसका पुराना नेता अर्जुन केसीलाई खुल्ला पुरुष महाधिवेशन प्रतिनिधिमा पहिलो मत दिएर पठायो।

यता खुल्ला महिला तर्फको महाधिवेशन प्रतिनिधिमा भने गंगा अधिकारी जस्तो शसक्त उम्मेद्वारलाई समेत पछि पारेर बिनिता खड्का पहिलो मतका साथ खुल्ला महिला तर्फको महाधिवेशन प्रतिनिधि निर्वाचित भईन् । खड्का १९ वर्षको उमेरमै १३ औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि बनि सकेकी युवा नेतृ हुन् ।

खसआर्य पुरुष महाधिवेशन प्रतिनिधिमा महेश कार्कीले पहिलो मत ल्याए भने खसआर्य महिला महाधिवेशन प्रतिनिधिमा मिनाकुमारी कार्की निर्वाचित भईन ।

जनजाती पुरुष महाधिवेशन प्रतिनिधिमा नयाँ अनुहार गेल्जे शेर्पाले पहिलो मत ल्याएका छन् । जनजाती महिला महाधिवेशन प्रतिनिधिमा समेत कुमारी हायुले प्रथम मत ल्याएकी छिन् ।

त्यस्तै अल्पसंख्यकतर्फ शुक्र माझी अत्याधिक मतका साथ बिजयी भएका छन् भने दलिततर्फ वलबहादुर परियार बिजयी भएका छन् ।

 

रामेछाप नेपाली कांग्रेसबाट महाधिवेशन प्रतिनिधिका लागि बिजयीहरूको नामावली

खुल्ला महिला खुल्ला पुरुष खशआर्य महिला
१ विनिता खड्का ६८० १ अर्जुन केसी ७६० १ मिनाकुमारी कार्की ६२३
२ उषा कार्की (बस्नेत) ५४० २ आङटावा शेर्पा ५३४ खसआर्य पुरुष
३ गंगा अधिकारी ५५३ ३ झपडराज भण्डारी ५२१ २ महेश क. कार्की ६६२
४ एन्जिला न्यौपाने ५०६ ४ ध्रुबहरी ढुङ्गेल ६५२ २ केशब प्र. चालिसे ५६७
जनजाती महिला ५ भरत प्रसाद चौलागाँई ७३० जनजाती पुरुष
कुमारी हायू ५९५ ६ युवराज भट्टराई ५९९ १ गेल्जे शेर्पा ५८९
रामकुमारी डाँगी ५४९ ७ रत्न बहादुर कार्की ७२२ २ जितेन्द्रकुमार मोक्तान ५२३
खमला थापा मगर ४७८ ८ रामचन्द्र खड्का ६८८ ३ नरबहादुर थापामगर ५४०
दलित ९ रत्नहरी ढुङ्गेल ५२८ अल्पसंख्यक
बलबहादुर दमाई ६६० १० विरबहादुर तामाङ ५३२ १ शुक्र माझी ६२३

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४