Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसमा पुस्तान्तरण : सहज छैन, असम्भव पनि हैन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १८ २०७८
  • 2.3K
    SHARES

काठमाडौं । पछिल्लो समय राजनीतिमा पुस्तान्तरणको बहस चर्को रूपमा उठेको छ । सत्ताको नेतृत्व गरिरहेको तथा मुलुककै पुरानो पार्टी नेपाली कांग्रेस १४औं महाधिवेशनको संघारमा रहेकाले पनि पुस्तान्तरणको विषय थप पेचिलो बनेको छ ।

यसपटकको अधिवेशनमा कांग्रेसमा युवाको अनपेक्षित सहभागिता देखिएको छ । देशको समसामयिक अवस्थालाई नेतृत्व गर्न सक्ने जुझारु युवाहरू पार्टी नेतृत्वमा आउनुपर्ने अधिवेशन प्रतिनिधिहरूको माग छ । अब आफूहरूले पार्टीलाई हाँक्दै वृद्धहरूलाई अभिभावकीय भूमिकामा रहनसमेत उनीहरूले सुझाव दिएका छन् ।

तर, पुस्तान्तरणका विषयमा युवा प्रतिनिधिरूको आ–आफ्नै अभिमत छ । कतिपय पुस्तान्तरणलाई उमेरसँग जोड्छन् त कतिपय विचार र नीति प्रधान ठान्छन् । पुस्तान्तरण भन्दै गर्दा उमेरको मात्र व्यापार गर्न नहुने उनीहरूको राय छ । उमेरले मात्र युवा भएर विचार युवा भएका मानिसहरू नेतृत्वमा आवश्यक भएको उनीहरूको बुझाइ छ । उमेरलाई मात्र आधार मान्नु गलत हुने उनीहरू बताउँछन् ।

आइतबार सम्पन्न निर्वाचनबाट काठमाडौं महानगर समितिको उपसभापतिमा विजयी सुशीला ढकाल, युवाहरूले पार्टीप्रति निष्ठावान नेतृत्व चाहेको बताउनुहुन्छ । त्यसो त उमेर ढल्केका नेता तथा कार्यकर्तामा पनि युवाविना पार्टीको अस्तित्व नरहने तथ्यलाई स्वीकार गर्न थालेका छन् ।पार्टी भनेर आउने युवालाई पार्टीमा अवसर नदिए कांग्रेसीहरू कम हुने उनीहरूको बुझाइ छ । वृद्ध अवस्थामा पुगेका नेताहरूले मात्र कांग्रेसलाई धान्न नसक्ने उनीहरू बताउँछन् ।

वर्षौंदेखि पार्टीमा कब्जा जमाएका नेताले युवा चाहनाअनुसार राजनीतिमा पुस्तान्तरणको लागि सहयोग गर्नेमा आशंका छ । तर, युवा भने राजनीतिमा पुस्तान्तरण सहज नभए पनि सम्भव रहेको तर्क गर्छन् । २१औं शताब्दीमा नयाँ सोच लिएर अघि बढ्नका लागि युवा पुस्ता नेतृत्वमा आउनुपर्नेमा जोड गर्ने उनीहरू कसै न कसैले हस्तक्षेप गर्नुपर्ने पक्षमा छन् ।

नेपाली कांग्रेसमा पुस्तान्तरणको बहस यसपटक मात्र भने होइन् । तर, अहिलेसम्म राजनीतिमा पुस्तान्तरणको विषय आफ्नो प्रभुत्व जमाउने हतियारको रुपमा प्रयोग हुँदै आएको थियो । यसपटक पनि पुस्तान्तरणको विषय पार्टी नेतृत्व कब्जा गर्न मात्र प्रयोग होला वा साँचो अर्थमा पुस्तान्तरणको सुरुवात होला ? त्यसका लागि महाधिवेशनसम्म पर्खनै पर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४