Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साफ च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्दै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १८ २०७८
  • 3.9K
    SHARES

काठमाडौं । माल्दिभ्समा भइको साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ ।

मालेस्थित नेशनल फुटबल स्टेडियममा हुने खेल नेपाली समयअनुसा राति ९:४५ बजे सुरु हुनेछ । यसअघि पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १-० ले हराएर नेपालले विजयी सुरुआत गरेको थियो । श्रीलंकाविरुद्ध पनि त्यही नतिजालाई कायम राख्दै सुखद नतिजा ल्याउने नेपालको लक्ष्य छ ।

श्रीलंका भने उद्घाटन खेलमा बंगलादेशसंग १-० ले नै पारजित भएको थियो । त्यसैले नेपालविरुद्ध उनीहरु सकरात्मक नतिजा निकाल्नका लागि खेल्दैछ । नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले माल्दिभ्सविरुद्धको खेल बिर्सेर श्रीलंकाविरुद्ध खेल्नुपर्ने बताए । श्रीलंकाविरुद्धको खेल पहिलो र फाइनल जस्तै हो । उनले आइतबार प्रिम्याच कन्फ्रेन्समा भनेका थिए ।

यस्तै अबदुल्लाहले श्रीलंकालाई सहज रुपमा नलिने पनि बताएका छन् । श्रीलंकालाई हराउन ९० मिनेट राम्रो खेल्नुपर्ने र जित्ने लक्ष्यका साथ खेल्नुपर्ने बताए ।

‘श्रीलंकाविरुद्धको खेल चुनौतीपूर्ण हुनेछ । सजिलो हुनेछैन । हामीले श्रीलंकाविरुद्ध कम्तिमा एक अंक बटुल्ने अपेक्षा लिएका छौ,’ मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने, ‘मलाई थाहा छ श्रीलंकाका खेलाडीहरू ट्याकलमा आक्रामक छन् । तर, उनीहरुको आक्रामक खेलको फाइदा उठाउने छौं ।’ नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने बताएका छन् । ‘श्रीलंकाविरुद्ध हामीले तीन अंकका लागि खेल्नेछौं । हामीले ९० मिनेटसम्मै जितका लागि फाइट गर्नेछौ,’ कप्तान किरणले भनेका छन् ।

नेपालले श्रीलंकासँग पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा भएको बंगबन्धु कपमा खेलेको थियो । विमल घर्ती मगरको गोलमा नेपालले श्रीलंकालाई १-० ले हराएको थियो ।

पाँच राष्ट्र सहभागी साफमा राउण्ड रोविन प्रणालीमा भइरहेकोले हरेक खेल महत्वपूर्ण रहेको छ ।

आजै भारतले आफ्नो पहिलो खेल खेल्दैछ । भारत र बंगलादेशबीच खेल दिउँसो ४:४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४