Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमलाई बदनाम गर्न अख्तियारको छापा : जसपा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज १५ २०७८
  • 2.5K
    SHARES

काठमाडौं, । जनता समाजवादी पार्टी (जसपा)ले राजनीतिक प्रतिशोधको आधारमा प्रदेश २ को मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको आरोप लगाएको छ ।
‘बेटी पढाउ, बेटी बचाउ’ जस्तो लोकप्रिय कार्यक्रमलाई बदनाम गराउन अख्तियारले छापामार शैलीमा सरकार प्रमुखको शक्ति तथा गरिमामा नै आघात पुर्‍याउने कार्य गरेको भन्दै जसपाले यसलाई आपत्तिजनक र दूराशयपूर्ण भनेको छ ।

अख्तियारले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत छात्राहरुलाई वितरण गरिएको साइकल खरिदमा अनियमितता भएको आशंकामा १३ असोजमा मुख्यमन्त्री कार्यालयमा छापामारी आवश्यक कागजात नियन्त्रणमा लिएको थियो ।

जसपाले शुक्रबार विज्ञप्ति जारी गर्दै अख्तियारले भ्रष्टाचारविरुद्ध अनुसन्धान गर्न पाउने अधिकारी भए पनि अमर्यादित र विद्वेषपूर्ण तथा ं राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले गरिएको सो कार्य गलत भएको जनाइको छ । यस्ता कार्यले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने जसपाको भनाई छ ।

अख्तियारको यस्ता कार्य र कार्यशैलीप्रति जसपाले विरोध गर्दै आपत्ति जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४