Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कामदारको माग बढेसँगै वैदेशिक रोजगारमा सुधारको संकेत


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज १३ २०७८
  • 3.5K
    SHARES

काठमाडौं । कोरोना महामारीका कारण अढाइ वर्षसम्म सुस्ताएको वैदेशिक रोजगार पुनः सुचालु हुने संकेत देखिएको छ । कोरोना महामारी केही मत्थर भै साउदी, कतार लगायतका मुलुकबाट कामदारको माग आउनथालेसँगै श्रम स्विकृती लिनेको संख्या पनि बढिरहेको हो ।

पछिल्लो समय दैनिक श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेको संख्या १५ सय बढि पुगेको छ । कतार, साउदी अरब लगायतका खाडी मुलुकमा श्रमिकको माग उच्च भएसँगै २ वर्षसम्म सुनसान रहेको वैदेशिक रोजगार कार्यालयमा अहिले कामदारको भीड लाग्न थालेको हो ।

यसअघि विभिन्न खाडी मुलुकहरू पनि खुल्न थाल्नु र चाडबाडको छुट्टीमा नेपाल फर्कनेले पुनः श्रम स्वीकृति लिइरहेका छन् । साउन भन्दा भदौमा श्रमिकको संख्यामा ७० प्रतिशतले वृद्धि भएको जनाइएको छ । यो वर्ष धेरैजसो साउदी र कतारबाट श्रमिकको माग बढिरहेको कार्यालयले जनाएको छ ।

गत साउनमा संस्थागत, व्यक्तिगत, वैधानिक गरी २५ हजार ४ सय २८ जनाले श्रम स्वीकृति लिएकोमा भदौमा मात्र ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षभरी जम्मा १ लाख ६६ हजार जनाले श्रम स्वीकृति लिएका थिए । हाल यो क्रम हरेक दिन बढिरहेको जनाइएको छ ।

कोरोना महामारी सुरुभएसँगै वैदेशिक कामदार बन्द गरेको मलेसिया सरकारले अझैसम्म पनि अन्यत्र मुलुुकबाट कामदार ल्याएको छैन । यता वैदेशिक रोजगार कार्यालय ताहाचलले वैदेशिक रोजगारमा जाने कामदारलाई सहजीकरण गर्न अनलाइन टोकन प्रणालीको सुरु गरे पनि घन्टौंसम्म पनि लाइनमा बस्नु परेको युवाहरूको गुनासो छ ।

वैदेशिक रोजगारी पुनः चलायमान हुने संकेतसँगै ओरालो लाग्न थालेको विप्रेषण आप्रवाहमा पनि सुधार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४