Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुरु भयो ईपीएल, उद्घाटन खेलमा काठमाडौंले टस जितेर ललितपुरविरुद्ध बलिङ गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज ९ २०७८
  • 2.6K
    SHARES

काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण आजदेखि सुरु भएको छ । नेपालकै चर्चित टी-२० फ्रेन्चाइज क्रिकेटको चौथो संस्करणका त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उद्घाटन गरिएको हो ।

प्रतियोगिताको उद्घाटन खेल साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स-११ बीच सुरु भएको छ ।

काठमाडौंले टस जितेर बलिङ रोजेको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंको टिममा पाकिस्तानका पूर्व कप्तान शाहीद अफ्रिदी पनि छन् । अन्य दुई जना राएन ब्रल र रहमानुल्लाह गुर्बाज विदेशी खेलाडी छन् ।

यता कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिएको साविक विजेता ललितपुरमा सन्दुन विराकोडी, ओसादा फर्नान्डो र रन्जुन मिक्यो दोर्जी विदेशी खेलाडी छन् ।

ईपीएल प्रालीको आयोजनामा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । सिंगल राउण्ड रोविनको खेलहरु भएपछि क्वालिफायर हुँदै फाइल हुनेछ ।५० लाख पुरस्कार र ईपीएलको आकर्षक ट्रफीका लागि साविक विजेता ललितपुर प्याट्रिओट्स सहित, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौं किंग्स ११, चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको हिमालय टिभीले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

तस्वीर : शंकर गिरी 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४