Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खेमबहादुरको बयान : श्रीपेच लगाएपछि राजा बनिन्छ भन्ने लाग्यो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ८ २०७८
  • 5.5K
    SHARES

काठमाडौं । रुकुम पश्चिम घर भएका २५ वर्षीय खेमबहादुर घर्ती शुक्रबार अवलोकनका लागि नारायणहिटी दरबार संग्रहालय पुगे ।  टिकट काटेर संग्रहालयको विभिन्न कक्ष नियाल्दै अघि बढेका उनी जब श्रीपेच रहेको कक्षमा पुगे, अनपेक्षित गतिविधि गर्न थाले ।

उनले श्रीपेच राखिएको कोठाको भित्तामा रहेको सोकेसको सिसा फुटाए । त्यहाँबाट खुकुरी निकालेर श्रीपेच भएतिर अघि बढे । यद्यपि संग्रहालयको सुरक्षामा खटिएका नेपाली सेनाको टोलीले तत्काल उनलाई नियन्त्रणमा लियो ।

उनी हाल महानगरीय प्रहरी वृत्त दरबारमार्गको नियन्त्रणमा छन् र उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरीलाई दिएको बयानका क्रममा उनले राजा बनेर शासन चलाउन श्रीपेच निकाल्न खोजेको बताएका छन् ।

  • नारायणहिटीको श्रीपेच चोर्ने प्रयास, एक व्यक्ति पक्राउ

वृत्तका प्रहरी प्रमुख डीएसपी रामेश्वर पौडेलल भन्छन्, ‘त्यही सोचका कारण कसैको प्रवाह नगरी सोकेसको सिसा फोड्दै अगाडि बढेको देखिन्छ ।’

प्रहरीको सम्पर्कमा आएकी उनकी दिदीले भने उनको मानसिक स्वास्थ्यमा समस्या रहेको बताएका छन् । वैदेशिक रोजगारीका लागि बहराइन पुगेका घर्ती एक वर्षअघि नेपाल फर्किएका थिए । दुई वर्ष बहराइन बसाईका क्रममा उनीमाथि कुटपिट भएको थियो, यसले उनको मानसिक स्वास्थ्यमा असर परेकाले नियमित औषधि लिइरहेका छन् ।

मैपी बस्ने खेमबहादुरकी दिदीले प्रहरीलाई बताए अनुसार स्वदेश फर्किए यता खेमबहादुर कहिले रुकुम पश्चिममा रहेको आफ्नो घर त कहिले काठमाडौं बस्दै आएका छन् । हाल प्रहरी नियन्त्रणमा रहेका उनमा डर त्रासको भाव समेत नदेखिएको भन्दै डीएसपी पौडेलले मानसिक स्वास्थ्यमा समस्या भएका कारण श्रीपेच निकाल्न खोजेको हुनसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४