Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसका प्रभावशाली नेताहरुको बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ७ २०७८
  • 2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक आज बस्दै छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बताएइको छ ।

कांग्रेस नेता गोपालमान श्रेष्ठकाअनुसार महाधिवेशन र सरकार विस्तारका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको दुई महिना बढी बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन् । सत्तागठबन्धन दलका मात्रै होइन देउवाले आफ्नै दलका संस्थापनइतर समूहलाई समेत मन्त्रिपरिषद्मा समेट्न सक्नुभएको छैन् ।

पौडेल समूहका एक नेताका अनुसार आजको बैठकमा पाैडेल समूहले आफूहरूले पाउने मन्त्रालयको संख्या माग गर्ने, भागवन्डा टुंगो लगाउन दबाब दिने तयारी गरेको छ ।

यस्तै, कांग्रेस क्रियाशील विवादका कारण वडा अधिवेशन हुन नसकेका जिल्लाका बारेमा पनि बैठकमा छलफल हुनेछ । वडा अधिवेशन सकिएका ६५ जिल्लामा कांग्रेसले पालिका अधिवेशन असोज ९ मै गर्ने तयारी गरेको छ । पालिका अधिवेशन पछि बाँकी अधिवेशन दशैपछि सार्ने कांग्रेसको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४