Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिला एसियन कप छनोट : ३२ वर्षपछि नेपालले हङकङसँग खेल्दै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज ५ २०७८
  • 11.3K
    SHARES

काठमाडौं । चौथो पटक महिला एसियन कप खेल्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टिम पहिलो खेलमै फिलिपिन्ससँग पराजित भएपछि सुरुमै धक्का लाग्यो ।

समूह एफ अन्तर्गत त्यस खेलमा नेपालले सुरुमै अग्रता लिए पनि अन्तिममा समहाल्नि नसक्दा दुई गोल बेहोरेको थियो ।

तीन टिम मात्र सम्मिलित समूहमा नेपालले आज हङकङसँग खेल्दैछ । समूह विजेता बनेर एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न पनि नेपाललाई आज स्पष्ट जितको आवश्यकता छ ।

समूह विजेता मात्र अर्को वर्षको एसियन कपकमा छनोट हुने भएकोले नेपालको लागि आजको खेल महत्वपूर्ण छ ।

३२ वर्षपछि हङकङसँग खेल्दै

नेपालको राष्ट्रिय महिला फुटबल टिमले ३२ वर्षपछि हङकङसँग खेल्न लागेको हो । सन् १९८६ मा हङकङमै भएको एफसी वुमेन्स च्याम्पियनसिपमार्फत नेपाली महिला टिमले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो । जहाँ पहिलो खेलमै नेपाल हङकङसँग १-० ले पराजित भएको थियो ।

त्यसको तीन वर्षपछि सन् १९८९ मा भएको एसियन च्याम्पियनसिपमा पनि नेपाल हङकङसँग ३-० ले पराजित भएको थियो । त्यसको ३२ वर्षपछि यी दुई टोली आमने-सामने हुन लागेका हुन् ।

मंगलबार उज्वेकिस्तानको तास्केन्दस्थित जेएआर रंगशालामा भेट हुँदा हङकङ पुरानै नतिजा दोहोर्‍याउने लक्ष्यमा हुनेछ भने पहिलो पटक हङकङलाई हराउन चाहन्छ । खेल नेपाली समयअनुसार ३:४५ बजे सुरु हुनेछ ।

राष्ट्रिय टिमले हङकङलाई नहराए पनि नेपालको एपीएफ टिमले भने मैत्रीपूर्ण खेलमा हङकङलाई ३-१ ले पराजित गरेको थियो । त्यस खेल खेलेका केही खेलाडी अहिले राष्ट्रियमा टिममा समेत छन् ।

राम्रो नतिजा ल्याउने आशा

पहिलो खेलमा फिलिपिन्सविरुद्ध जित नजिक पुगेर पनि हार बेहोर्दा नेपाली टिमसँगै मुख्य प्रशिक्षक ग्यारी फिलिप्स निराश थिए । एन्फाको प्राविधिक निर्देशकसमेत रहेका ग्यारीले नेपाली खेलाडीमा अन्तर्राष्ट्रिय म्याचको अनुभवको कमी भएको बताएका थिए ।

यस्तै गोलकर्ता विमला चौधरी र डिफेण्डर पुजा रानाको चोटले पनि नेपाललाई असर गर्‍यो ।

दोस्रो खेलमा भने प्रशिक्षक ग्यारीले पनि राम्रो नतिजा ल्याउने आश गरेका छन् । उनले नेपालले जितकै लागि खेल्ने भन्न खोजेका हुन् ।

यस्तै कप्तान रेनुका नगरकोटले पनि पहिलो खेलमा आफैं सम्हालिन नसक्दा गोल बेहोरेको र दोस्रो खेलमा त्यो कमजोरी सुधार गर्दै खेल्ने बताएकी छिन् ।

नेपालको महिला टिमले सन् १९८६ र १९८९ सहित १९९९ गरी तीन पटक एसियन च्याम्पियनसिप खेलेको थियो । त्यसबेला छनोट खेल्नु नपर्ने भएकोले नेपालले सिधै एसियन च्याम्पियनसिप खेलेको थियो ।

तर अहिले भने छनोट चरण खेल्नुपर्नेछ । महिला विश्वकपको लागि समेत एसियन कप छनोटको आधार रहेकोले एसियन कपमा छनोट नहुने टिम भने विश्वकप होडबाट स्वत: बाहिरिने छन् ।

नेपालले हङकङविरुद्ध जित हात पारे मात्र एसिया कप पुग्ने सम्भावना कायम रहन्छ । बराबरी वा हारले भने नेपाल समूह चरणबाटै बाहिरिनेछ ।

यदी नेपालले हङकङलाई राम्रो नतिजामा हराउने र हङकङले फिलिपिन्सलाई पनि हराएमा तीन वटै टोलीको समान तीन अंक हुनेछ । यस्तोमा नेपाल शीर्ष स्थानमा रहने सम्भावना पनि रहन्छ । तर त्यसका लागि आज नेपालले हङकङलाई हराउनैपर्नेछ ।

हङकङका लागि भने पहिलो खेल भएकोले जस्तो नतिजा आए पनि छनोटको सम्भावना कायमै हुन्छ । यस समूहको शीर्ष टोलीमात्र अर्को वर्ष भारतमा हुने एसिया कपमा छनोट हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४