Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भीम रावल, ईश्वर पोखरेल र सुवास नेम्वाङका लागि अन्तिम अवसर


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ३ २०७८
  • 3.2K
    SHARES

काठमाडौं । सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीमा ७० वर्ष उमेर हद कायमै राख्ने प्रस्ताव पेश भएको छ ।

उपमहासचिव विष्णु पौडेल नेतृत्वको समितिले पेश गरेको विधान संशोधन प्रस्ताव आगामी विधान महाधिवेशनबाट अनुमोदन भए दशौं महाधिवेशन केही नेताहरुका लागि कार्यकारी भूमिकाका लागि अन्तिम हुनेछ ।

एमालेले मंसिर दोस्रो साताका लागि तय भइसकेको छ । यदि त्यसमा कुनै हेरफेर नभए यो महाधिवेशनमा पनि अध्यक्षको उम्मेदवार बन्न केपी शर्मा ओलीलाई उमेर हदले छेक्दैन ।

२००८ फागुन ११ मा जन्मिएका ओली अहिले ७० औं वर्षमा छन् र, फागुनसम्म प्रस्तावित विधानअनुसार उम्मेदवार हुनसक्छन् ।

ओलीले पटक पटक कक्षा दोहोर्‍याएर नपढ्ने बताएका छन् । तर उनी निकट नेताहरुले पार्टी र सरकारको नेतृत्वमा एक पटक ओलीलाई दोहोर्‍याउनुपर्ने बताउँदै आएका छन् ।

ओलीबाहेक उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङका लागि पनि यो महाधिवेशन पार्टी नेतृत्वमा पुग्ने अन्तिम अवसर हुनेछ ।

उपाध्यक्ष भीम रावल पनि ६६ औं वर्षमा छन् । २०१२ मंसिर ३० मा जन्मिएका उनी यो पटक पार्टी नेतृत्वमा नपुगे ५ वर्षपछि ११औं महाधिवेशन हुँदा ७० वर्ष कटिसक्ने छन् ।

यस्तै महासचिव पोखरेलका लागि यो महाधिवेशन नै अन्तिम अवसर हुने भएको छ । २०१० माघ २० मा जन्मिएका उनी हाल ६७ वर्ष पार गरिसकेका छन् । यदि दशौं महाधिवेशनबाट एमालेको अध्यक्ष भएनन् भने अर्को पटक ७० वर्षे उमेर हदका कारण उनले नेतृत्वका लागि प्रतिस्पर्धा गर्न पाउने छैनन् ।

२००९ फागुन २८ मा जन्मिएका नेम्वाङ अहिले ६८ वर्षका भइसके । यदि यो महाधिवेशनबाट नेतृत्वमा पुगेनन् भने अर्को पटक ७० वर्ष उमेर हद पार भइसकेका हुनेछन् ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली पनि दशौं महाधिवेशन ताका ६८ वर्षका हुनेछन् । नेतृत्वको आकांक्षी अरु नेताका लागि भने अर्को महाधिवेशन पनि अवसर हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४