Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफैंलाई गाली गर्न थालौं भन्दै दाहालले भने-आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ३० २०७८
  • 1.9K
    SHARES

काठमाडौं, भदौं ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा आफ्नो पार्टी माओवादीलाई पहिलो हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्नुभएको छ ।

माओवादी मुख्यालय पेरिसडाँडामा दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटीको सातौं स्मृति दिवसमा अध्यक्ष दाहालले भन्नुभयो, ‘हामीले जनयुद्ध सुरु गर्दा पनि कसैले पत्याएका थिएनन्, शान्ति प्रक्रियामा आएपछि पनि पहिलो पार्टी हुन्छ भनेर कसैले पत्याएका थिएनन् । जनतालाई प्रचण्ड देखियो, एकपटक छुन पाए हुन्थ्यो भन्ने थियो, तर विपक्षीहरुले बन्दुक देखाएर दुई÷चार सिट ल्याउँछ भन्थे ।’

पहिलो संविधानसभामा जस्तै पार्टीका पक्षमा जनलहर ल्याउन पार्टी पुनर्गठन र रुपान्तरण अभियान शुरु गरेको भन्दै दाहाले थप्नुभयो, ‘यसबीचमा नेपाली जनताले माओवादी नै देशभक्त, गणतन्त्रवादी, संघीयतावादी शक्ति रहेछ भन्ने थाहा पाइसकेका छन् ।’

यो ८/१० वर्ष अरुलाई गाली गरेर बिताएछौं भन्दै उहाँले अब आफैंलाई गाली गर्न थालौं पनि भन्नुभयो । उहाँको भनाइ थियो, ‘मैले बिगारेँ, म सच्चिनपर्छ भन्नेबाट शुरु भयो भने यो पार्टी बन्छ । आफूलाई सच्याउनतिर लाग्यो भने पार्टी बदलिन्छ ।’

आफूहरु मित्रहरूको खोजीमा रहेको भन्दै उहाँले अहिलेको गठबन्धन अर्को निर्वाचनसम्म जान सकेमा दुई तिहाईको सरकार बनाउन सकिने पनि उहाँको भनाइ थियो । वर्तमान ठतबन्धन संविधान, राष्ट्रियता र गणतन्त्रका पक्षमा हुनेहरूबीचको मोर्चा भएको पनि उहाँको भनाइ थियो ।

आफैंहरुको अगुवाईमा ल्याएको व्यवस्था भएको दावी गर्दै आउने दाहालले जठबनधन जिवित नरहे सडकमा जाने संकेत गर्दै भन्नुभयो, ‘यो विकृत प्रणालीलाई बदल्नको लागि हामी सडकमा जानुपर्ने पनि हुनसक्छ । हामीले संवाद, सहकार्य र सहमतिको पक्षलाई पनि जोड दिइरहेका छौं ।’

दिवंगत नेता बोगटी सरल र सहज भएको स्मरण गर्दै दाहालले भन्नुभयो, ‘जहाँजहाँ पार्टीलाई असजिलो प¥यो त्यहाँ उहाँको स्मरण हुन्थ्यो । साथीहरूका बीच बहस छलफललाई लिएर पहल गर्ने विशिष्ट चरित्र थियो उहाँमा ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४