Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीको दायर गरेको रिटमा सुनवाइ भएन, मुद्दाको स्थिति ‘हेर्न नभ्याइने’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २८ २०७८
  • 2.2K
    SHARES

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै दायर गरेको रिटमा सोमबार सुनुवाइ नहुने भएको छ ।

न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा राखिएको रिट सर्वोच्चले ‘हेर्न नभ्याइने’ भएको सर्वोच्च प्रशासनले जनाएको छ । ओलीले दायर गरेको मुद्दाको स्थिति ‘हेर्न नभ्याइने’ भएको सर्वोच्चले आफ्नो वेबसाइटमा राखेको छ ।

कार्की र खड्काको इजलासमा अहिले तीनवटा मुद्दा सुनुवाइ भइरहेको छ । उक्त मुद्दामा अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा सुनुवाइ गर्नु पर्नेछ । एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुखविरूद्ध छुट्टाछुट्टै तीन वटा गर्नुभएको थियो ।

पार्टीले काराबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाविरूद्ध ओलीले रिट दिनुभएको थियो ।

रिटमा भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले अन्तरिम आदेशका लागि भदौ २८ गते दुवै पक्षलाई छलफलका लागि डाकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४