Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दशैंको मुखमा बढ्ने भयो मोटरसाइकल र स्कुटरको मूल्य


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २७ २०७८
  • 3.1K
    SHARES

काठमाडौं । सवारी साधनको धेरै कारोबार हुने समय दशैंका बेला मोटरसाइकल र स्कुटरको मूल्य बढ्ने भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत गरिएको अन्त:शुल्क र सडक दस्तुर वृद्धिले दुईपाङ्ग्रे सवारी साधनको मूल्य बढ्ने भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा पेश गरेको प्रतिस्थापन विधेयकमा अन्त:शुल्क र सडक दस्तुरमा वृद्धि गरिएको छ ।

यसले तयारी अवस्थामा आयात हुने मोटरसाइकल र स्कुटरको मूल्य बढ्ने व्यवसायीहरु बताउँछन् । बिक्रेताले गत साउनमा मोटसाइकल/स्कुटरको मूल्य बढाइसकेका बेला नयाँ अन्त:शुल्क र सडक दस्तुर वृद्धिले पुन: मूल्य बढ्ने भएको उनीहरुको भनाइ छ ।

कुनकुन सवारीको मूल्य बढ्छ ?

गत जेठ १५ गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा ५० माथिदेखि १५५ सीसीसम्मका दुईपांग्रे सवारीको अन्तःशुल्क ४० प्रतिशत थियो । प्रतिस्थापन विधेयकमा सरकारले ५० माथिदेखि १२५ सीसीसम्मलाई ४० प्रतिशत अन्तशुल्क कायम राखेको छ । यी मोटरसाइकल/स्कुटरमा १५ हजार रुपैयाँ सडक दस्तुर पनि तोकिएको छ ।

यस्तै १२५ भन्दामाथि २०० सीसीसम्मको मोटरसाइकलको नयाँ ‘स्ल्याब’ बनाएर अहिलेको बजेटमा अन्त:शुल्क ४० प्रतिशत तोकेको छ । प्रतिस्थापन विधेयकले २०१ देखि २५० सीसीसम्मका दुइपाग्रे सवारीमा ६० प्रतिशत अन्तशुल्क तोकेको छ । जबकी यसअघिको बजेटमा १५५ देखि २५० सीसीसम्मका दुइपांग्रेको अन्तशुल्क ५० प्रतिशत मात्र थियो ।

अन्त:शुल्क र सडक दस्तुरमा भएको बृद्धिको सोझो असर नेपालमा सबैभन्दा धेरै विक्री १२५ देखि २५० सीसीसम्मका दुईपाङ्ग्रे सवारीको मूल्यमा पर्नेछ ।

मुख्यतः हिरो, यामाहा, होण्डा, सुजुकी लगायतका कम्पनीका लोकप्रिय सेगमेन्टका मोटरसाइकल र स्कुटरको मूल्य एकैपटक १७ हजार रुपैयाँसम्म  बढ्ने देखिएको एक व्यवसायीले जानकारी दिए ।

२५० भन्दा माथि ५०० सीसीसम्मका दुईपांग्रे सवारी साधनको अन्त:शुल्क ६० प्रतिशत कायमै राख्दा ५०० सीसीभन्दा माथिमा १०० प्रतिशत बनाएको छ । यसअघि ५०० देखि ८०० सीसीसम्म ८० प्रतिशत र ८०० सीसीभन्दा माथि शतप्रतिशत अन्तशुल्क लाग्थ्यो ।

कुन सवारीको मूल्य बढ्दैन ? 

अन्त:शुल्क र सडक दस्तुर बढ्दा पनि नेपालमै एसेम्बल हुने दुईपाङ्ग्रे सवारीको मूल्य भने बढ्ने छैन । किनकी सरकारले नेपालमै खुलेका एसेम्ब्लिङ प्लान्टलाई प्रोत्साहन गर्न अन्त:शुल्क छुट २१ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्‍याएको छ ।

बजाज र टीभीएसले नेपालमै एसेम्बल गर्छन् । सबै दुइपांग्रे सवारीको सडक दस्तुर बढेको भएपनि ‘अनएसेम्बल्ड’ अवस्थामा भित्र्याउँदा अन्त:शुल्क छुट बढेकाले बजाज र टीभीएसका मोटरसाइकल तथा स्कुटरको मूल्य भने नबढ्ने देखिन्छ । जबकी अरु ब्रान्डका दुईपांग्रे सवारी भारत वा तेस्रो मुलुकमा नै एसेम्बल भएर नेपाल आउँछन् ।

उपभोक्ता मारमा

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले धेरै उपभोक्ताले प्रयोग गर्ने सेगमेन्टमै असर पर्ने गरी अन्त:शुल्क वृद्धि गर्नु गलत भएको बताएको छ । ‘यसअघि कायम सेगमेन्ट (स्ल्याब) नचलाएको भए हुने थियो,’ नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले अनलाइनखबरसँग भने, ‘महामारीका बेला मध्यमवर्गीय जनतालाई आर्थिक भार पर्ने गरी अन्त:शुल्क बढाउनु उचित देखिएन ।’

उनका अनुसार, कोभिड–१९ को जोखिमका कारण सर्वसाधारण निजी सवारी साधन किन्नतर्फ आकर्षित छन्, जसमध्ये धेरैको पहुँचमा भएको निजी सवारी भनेको दुईपांग्रे नै हो । २५० सीसीभन्दा तलका दुईपांग्रे उनीहरुको रोजाइमा पर्छ ।

‘तर त्यही दुईपांग्रे सवारीको मुल्य एकैपटक १० प्रतिशतभन्दा बढी बढ्ने भयो’, नाडा अध्यक्ष दुलाल भन्छन्, ‘देशभित्रै एसेम्बल गर्ने उद्योगलाई छुट सुविधा दिँदा एसेम्बल भएर आउने ब्रान्डका ग्राहकहरुमाथि अन्याय गर्नु हुँदैनथ्यो ।’

सरकारले नेपालमै खुलेका एसेम्ब्लिङ प्लान्टलाई प्रोत्साहन स्वरुप अन्त:शुल्क छुट २१ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्‍याएको छ । तर नेपालमा हुने एसेम्ब्लिङबाट प्लान्ट सञ्चालकलाई मात्र फाइदा भएको र उपभोक्तालाई सवारी साधन सस्तो नपरेको महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४