Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अंशबण्डाको विषयमा खुकुरी हानाहान हुँदा दाइको मृत्यु, भाइ र भतिज प्रहरी हिरासतमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २६ २०७८
  • 3.1K
    SHARES

काठमाडौं । ओखलढुंगामा अंशबण्डाको विषयमा खुकुरी हानाहान हुँदा एक वृद्धको मृत्यु भएको छ ।खिजिदेम्बा गाउँपालिका–५ ढाडखर्क बस्ने ६८ वर्षीय मित्र बहादुर तामाङकाे मृत्युपछि प्रहरीले २ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मृतककै माइला भाइ ६७ बर्षीय शेर बहादुर तामाङ र शेरबहादुरकै छोरा ३६ वर्षीय वीर बहादुर तामाङ रहेका छन् ।

जग्गा अंशबण्डाको बिषयमा उनीहरूबीच विवाद भएको थियो । विवादका बीच शेरबहादुर र वीरबहादुरले खुकुरी तथा दाउ प्रहार गर्दा मित्रबहादुरको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ ।

शेरबहादुर र वीरबहादुरलाई खुकुरी तथा दाउ सहित प्रहरीले पक्राउ गरेको हो । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४