Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कालो मान्छेलाई बाँदर जाति भनेपछि फेसबुकले माफी माग्यो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र २२ २०७८
  • 11.1K
    SHARES

आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीले कालो वर्णको मानिसलाई बाँदर जातिको प्राणी अर्थात् प्राइमेट भनेको विषयमा विवादित बनेसँगै फेसबुकले माफी मागेको छ ।

फेसबुक प्रयोगकर्ताहरुले कालो वर्णका मानिसहरुलाई देखाइएका समाचारजन्य भिडियोहरु फेसबुकमा हेर्ने क्रममा फेसबुकको आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले ‘के तपाईंले प्राइमेटको भिडियो हेरिरहन चाहनुहुन्छ ?’ भन्ने अनौठो तथा आपत्तिजनक प्रश्न गरेको विषय सार्वजनिक भएको थियो ।

यो प्रष्ट रुपमा अक्षम्य गल्ती भएको र यस विषयमा अनुसन्धान अगाडि बढाइएको फेसबुकले जनाएको छ । हाललाई फेसबुकले उक्त आर्टिफिसियल इन्टेलिजेन्सलाई निस्क्रिय बनाएको छ ।

‘यस्ता आपत्तिजनक सामग्रीहरु देखेका सबै प्रयोगकर्तासँग हामी माफी माग्दछौँ,’ फेसबुकले भनेको छ ।

फेसबुकको यो पछिल्लो काण्ड वास्तवमा आर्टिफिसियल इन्टेलिजेन्सले गर्ने जातीय विभेदको श्रृंखलाको पछिल्लो कडी भएको बताइएको छ ।

सन् २०१५ मा गुगलको फोटो एपले काला जातिका मानिसहरुको तस्वीरमा गोरिल्ला लेखिदिएको थियो । त्यस विषयमा गुगलले माफी माग्दै गोरिल्ला शब्दको फोटो तथा शब्दको सर्चमा समेत सेन्सर लगाएको थियो ।

गत मे महिनामा ट्वीटरको अल्गोरिदमको फेसियल रिकग्नीसन सिस्टमले समेत अनुहारका आधारमा वर्ण विभेद गरेको खबर सार्वजनिक भएको थियो ।

बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४