Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माधवजी एमालेमै फर्किनुस्, क्षमादान दिन्छौं : सुरेन्द्र पाण्डे


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र २२ २०७८
  • 8.5K
    SHARES

पोखरा /  नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाल समूहले पार्टी विभाजन गरेर गम्भीर गल्ती गरेको बताएका छन् । मंगलबार पोखरामा एमाले जिल्ला भेलालाई सम्बोधन गर्दै पाण्डेले नेपाल समूह फर्किए अझै पनि क्षमादान दिने बताए ।

पार्टीलाई मिलाउन कार्यदल निरन्तर लागिरहेको भए पनि नेपाल समूह छाडेर गएको पाण्डेको भनाइ थियो । ‘केही सुखद केही दुःखद् स्थितिमा हामी छौं । पार्टीलाई एकतावद्ध बनाउने टिममा पनि थिएँ । माधव नेपाल समूह छाडेर गयो, अन्तिमसम्म पनि नजानुस्, यहीं बस्नुस् यही हो हाम्रो घर हो भन्यौं तर छोडेर जानुभयो,’ पाण्डेले भने । केहीले कार्यदलका नेताले नेपाल समूहलाई छोडेर धोका दिएको भन्ने गरेको भन्दै नेता पाण्डेले धोका आफूहरुले होइन, नेपालहरुले धोका दिएको बताए । तपाईंहरुले पार्टी फुटाएर धोका दिएर जानुभयो, हामी अन्तिमसम्म पनि मिलाउने अभियानमै थियौं । अनेक चरणमा वार्ता गर्दै गयौं, पाण्डेले भने, ‘६ बुँदे सहमतिको आधार तयार पारेको, त्यसैको आधारमा १० बुँदे सहमति भयो । तर, हाम्रो प्रयास आंशिक सफल भयो आंशिक असफल भयो ।’

२०५४ सालमा शक्ति आर्जन गर्न भन्दै वामदेव गौतमजीले पार्टी फुटाएको र २०५८ सालमा फेरि पार्टी एकता गर्दै महसुस गरेको पाण्डेले बताए । ‘२०५८ मा एकता गर्दै वामदेवजीले भन्नुभएको थियो, विभाजन गरेर शक्ति बढ्ने होइन रहेछ, मैले गल्ती गरेछु भनेको मैले सम्झिरहेको छु ।’

नेपालले पनि पार्टी विभाजन गरी नोक्सानको बाटो समाएको उनको भनाइ थियो । ‘उहाँले शक्ति क्षय गर्ने र कमजोर बनाउने बाटोमा लाग्नुभयो । त्यसैले फर्कनुस् भन्न चाहन्छु,’ पाण्डेले अगाडि भने, ‘गल्ती त गरिसक्नुभयो, पार्टी हो फर्कनुस्, क्षमदान गर्छौं ।’

पार्टी मिलाउन १० सदस्यीय कार्यदलले निकै दुःख गरेको र भित्री बाहिरी धेरै छलफल भएको पाण्डेको भनाइ छ । साउनको पहिलो हप्ता पार्टी मिल्यो भन्ने स्थितिमा पुगेको तर फेरि भाँडिदै पार्टी विभाजन भएर जाने अवस्थामा पुगेको उनले बताए ।

कार्यकर्ताले झगडा तिमीहरुले गर्ने दुःख हामीले पाउने भनेर भन्ने गरेको भन्दै पाण्डेले त्यो आफूले स्वीकार्ने पाण्डेको भनाइ थियो । विश्वको इतिहासमा नेताहरुको झगडाले ठूला नोक्सानी व्यहोर्नु परेको पाण्डेले बताए ।

पार्टी विभाजनमा देश विदेशका शक्तिको पनि खेल भएको बताउँदै पाण्डेले गल्ती उनीहरुको नभएर आफूहरुकै भएको पाण्डेले बताए । ‘कांग्रेस झगडा गर्छ फुट्दैन, कम्युनिष्ट झगडा पनि गर्छौं र फुट्छौं पनि,’ उनले अगाडि भने, ‘आज पार्टी सम्हालौं र एउटा बिन्दुमा गएर समीक्षा गरौंला ।’

देशैभरिको स्थिति हेर्दा ५ देखि १० प्रतिशतमात्र एमालेलाई नोक्सानी हुने पाण्डेले बताए । आउँदो चुनावमा कास्कीमा एमालेले रचेको इतिहास कायम गर्न लाग्न पाण्डेले आग्रह गरे ।

नेकपा एमाले छिन्नभिन्न पार्ने बीचमा माओवादीलाई ल्याएर प्रयास भएको र त्यो अहिले असफल भएको पाण्डेको भनाइ थियो । एमाले कुनै पनि हालतमा छिन्नभिन्न नहुने उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४