Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टोकियो पारालम्पिक : पदक जित्नबाट चुकिन् पलेशा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र १९ २०७८
  • 5.6K
    SHARES

काठमाडौं । जापानमा जारी टोकियो पारालम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्र खेलाडी तेक्वान्दोकी पलेशा गोवर्धन रिपेज फाइनलमा पराजित भएकी छन् । के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी पलेशा कास्य पदकका लागि भएको रिपेज फाइनलमा चिनिया खेलाडी युजी लिसँग १२–९ ले पराजित भएकी हुन् ।

टोकियोमा भएको खेलमा पलेशाले पहिलो राउण्डमा ४–२ ले अग्रता बनाएकी थिइन् । तर दोस्रो राउण्डमा लय कायम राख्न नसक्दा युजी लिले ५–० ले नतिजा आफ्नो पक्षमा पार्दा पलेशा ७–४ ले पछि परिन् । तेस्रो तथा अन्तिम राउण्डमा दुवै खेलाडीले ५–५ अंक स्कोर गरेपछि चिनियाँ खेलाडीले १२–९ ले खेल जितिन् ।

दोस्रो राउण्डमा अंक जोड्न नसक्दा पलेशाले पदक जित्न सकिनन् । त्यसअघि पहिलो खेलमै बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी पलेशाले रिपेजमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन् ।

पलेशाले रिपेजको क्वाटरफाइनलमा अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई १०–० ले र सेमिफाइनलमा सर्वियन खेलाडी मारिजा मिसेभलाई २३–१५ ले हराएकी थिइन् ।

पारालम्पिकमा तेक्वान्दो यसै संस्करणदेखि समावेश गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४