रमेश कार्की उदयपुर प्रतिनिधि :-
उदयपुर / कटारी नगर कार्यपालिकाको कार्यालय कटारीको मिति २०७८ भदौ १८ गतेको सूचना अनुसार सम्पुर्ण विद्यालयहरुले सञ्चालन गरेको वैकल्पिक विधि (अनलाइन कक्षा) बाट सम्पूर्ण विद्यार्थी शैक्षिक सिकाइ क्रियाकलापमा सबैलाई सहभागी गराउन कठिन भएका विद्यालयहरुले
भौतिक उपस्थितिमै विद्यालय सञ्चालन हुने भएकोले नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकेको कोभिड १९ को जोखिमबाट बच्न तोकेको स्वास्थ सुरक्षा मापदण्डको पालना गर्दै अनिवार्य रुपमा मास्क, सेनिटाइजरको प्रयोग गरी सम्भव भएसम्म आफ्नो खाजा र पिउने पानीको समेत व्यवस्थापन गरी विद्यालयहरु संचालन हुन पाउने भएका छ्न।