Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिन्धुपाल्चोकमा एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधिलाई अवरोध


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १७ २०७८
  • 2.6K
    SHARES

जिल्ला निर्वाचन कार्यलय सिन्धुपाल्चोकमा एकीकृत समाजवादी रोजेको जानकारी गराउन पुगेका जनप्रतिनिधिहरु ।

१७ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीमा जान चाहेका सिन्धुपाल्चोकका जनप्रतिनिधिलाई नेकपा एमालेका नेता–कार्यकर्ताले रोक्न प्रयत्न गरेका छन् ।

गत मंगलबार काठमाडौंमा उपलब्ध सिन्धुपाल्चोकका जनप्रतिनिधिको भेलामा जान धेरै जनप्रतिनिधिलाई रोकिएको मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले बताइन् ।

‘निर्वाचन आयोगमा गई सनाखत गर्नुअघि काठमाडौंमा उपलब्ध जनप्रतिनिधिको भेला राखेका थियौं, तर कतिपयलाई रोक्ने प्रयत्न भयो, धरपकड भयो’ उनले  भनिन् ।

मंगलबार काठमाडौंमा उपलब्ध सिन्धुपाल्चोकका जनप्रतिनिधिको भेलामा एकीकृत समाजवादीका नेता विजय पौडेललाई पनि बोलाइएको थियो । तर जनप्रतिनिधिलाई एकीकृत समाजवादीमा जानबाट रोक्न डरत्रास र धम्की दिने काम भइरहेको उपप्रमुख नेपलले बताइन् । ‘एक जना वडाध्यक्षको त घरमै मान्छे पठाएर भेलामा आउन नदिएको सुनेको छु’ उनले भनिन् ।

नेकपा एमाले विभाजन भएर बनेको दल नेकपा एकीकृत समाजवादी रोज्न स्थानीय जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय दिइएको छ ।

हालसम्म सिन्धुपाल्चोकमा मेलम्ची नगरपालिका उपप्रमुख नेपाल र चौतारा साँगाचोकगढी–१० का अध्यक्ष बेलबहादुर महत गरी दुई जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

‘आज एक/दुई जना जानुहुन्छ होला’ उपमेयर नेपालले भनिन्, ‘हामीले अहिले धेरै आशा गरेका छैनौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४