Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जूमको त्रैमासिक आम्दानी १ अर्ब डलर, प्रयोगकर्ताको संख्या घट्दो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १५ २०७८
  • 3.9K
    SHARES

काठमाडौं । भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म जूमले चालू वर्ष सन् २०२१ को तेश्रो त्रैमासिकमा १ अर्ब डलर भन्दा धेरै आम्दानी गर्ने प्रक्षेपण गरिएको छ ।

जूम भिडियो कम्युनिकेसन इंकद्वारा जारी जुलाईदेखि सेप्टेम्बर महिनासम्मको वित्तीय प्रतिवेदन अनुसार यस त्रैमासिकमा कम्पनीको आम्दानी १ अर्ब १ करोड ५० लाख देखि १ अर्ब २ करोडसम्म हुने प्रक्षेपण गरिएको छ । विश्लेषकहरुले भने यस त्रैमासिकमा कम्पनीको आम्दानी १ अर्ब १ करोड ३० लाख हुने प्रक्षेपण गरेका छन् ।

यो आम्दानी गत वर्षको सोही त्रैमासिकको तुलनामा ३१.२ प्रतिशतले बढी हो ।  कोभिड १९ महामारीसँगै रिमोट वर्किङ तथा रिमोट स्कुलिङमा वृद्धि हुँदा जूम विश्वका करोडौं मानिसहरुको दैनिकी बनेको थियो र गत वर्ष सन् २०२० मा जूमका प्रयोगकर्ता तथा आम्दानीमा एक्कासी कैयन् गुणा वृद्धि भएको थियो ।

यद्यपि महामारीका कारण गत वर्षदेखि चुलिएको जूम प्लाटफर्मको प्रयोग तथा नयाँ प्रयागकर्ता थपिने क्रममा भने अपेक्षा भन्दा तीव्र गतिमा गिरावट आइरहेको कम्पनीले जनाएको छ । उक्त रिपोर्ट सार्वजनिक भएसँगै कम्पनीको शेयर मूल्यमा सोमबार ११ प्रतिशतको गिरावट आएको थियो ।

जूमका प्रमुख वित्तिय अधिकारी केल्ली स्टेकेलबर्गका अनुसार यो वर्षको अन्त्यसम्ममा कम्पनीका प्रयोगकर्ता तथा आम्दानीको दरमा सुस्तता आउने अपेक्षा गरिएको भएपनि त्यस्तो गिरावट केही छिटो नै हुन थालेको हो ।

विश्वका धेरै भागमा कोरोना भ्याक्सिन लगाएसँगै स्कुलहरु पुनः भौतिक रुपमै सञ्चालन हुन थालेका र धेरै कम्पनीहरुले कर्मचारी तथा कामदारको भौतिक उपस्थितिमै कार्यसञ्चालन गर्न थालेसँगै जूमको प्रयोगमा गिरावट आउन थालेको छ । साथै प्रतिस्पर्धी कम्पनीहरु सिस्को, वेबेक्स तथा माइक्रोसफ्ट टिम्सका कारण विभिन्न व्यवसायिक कम्पनीहरुबाट जूमले ठूला सम्झौता हात पार्न पनि मुस्किल भैरहेको छ ।

जूमका अनुसार १० वा त्यसभन्दा कम कर्मचारीहरु भएका कम्पनीहरुबाट प्राप्त भैरहेको आम्दानीमा अब गिरावट आउने छ ।

भिडियो प्लाटफर्मको प्रयोगमा गिरावट आउन थालेसँगै कम्पनीले क्लाउड कलिङ सर्भिसको रुपमा जूम फोनलाई विस्तार गर्ने सोच बनाएको छ । जूमले हालैमात्र १४ अर्ब ७० करोड डलरमा कल सेन्टर सफ्टवेयर मेकर कम्पनी फाइभ नाइन खरीद गर्ने घोषणा गरेको छ, जुन उसको अहिलेसम्मकै ठूलो व्यवसायिक सम्झौता हो । साथै जूमले रियल टाइम भाषा अनुवादक प्रविधि कम्पनी काइट्स जिएमबिएच पनि खरीद गर्ने भएको छ ।

–रोयटर्सबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४