Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा समाजवादीका सांसद भन्छन्– हामी मोही पार्दा निस्किएको क्रिमजस्तै हौं, दायाँ-वायाँ हुन्नौं


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १५ २०७८
  • 4.7K
    SHARES

विराटनगर । नेकपा विभाजनका कारण नवनियुक्त मुख्यमन्त्री भीम आचार्य नेतृत्वको प्रदेश १ सरकार अल्पमतमा छ । गत विहीबार गठन भएको सरकार अल्पमतमा परेपछि सरकार टिकाउन र ढाल्नका लागि सांसदहरु तानातानको अवस्थामा छन् ।

सत्ता पक्षले माधव नेपाल पक्षका सांसदलाई आफ्नो पक्षमा ल्याउन मन्त्री बनाउने र पार्टीमा जिम्मेवारी दिने ‘अफर’ गरेको छ । पछिल्लो समय माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टीको पक्षका १० जना सांसद खुलेका छन् । ती सांसदहरू एमालेमा नफर्किने प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद घिमिरे बताउँछन् । ‘हामी १० जना मोही पार्दा निस्किएको नौनीको पनि क्रिम जस्तै हौं, दायाँ–वायाँ हुन्नौं,’ उनले भने, ‘यो संख्या घट्दैन, बढ्दैछ ।’

एमालेका सांसदहरु राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बु, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा नयाँ पार्टीको पक्षमा खुलेका छन् । उनीहरुले बुधबार नयाँ दल रोज्नका लागि निर्वाचन आयोगमा जाने तयारी गरिरहेका छन् । नयाँ संसदीय दल दर्तासँगै नयाँ सरकार गठनको तयारी सुरु गर्ने उनीहरु बताउँछन् ।

सांसद तानातानको प्रयास सुरु भएपछि नेपाल पक्षका सांसद विराटनगरको विग होटलमा बसेका थिए । तीन दिनको छलफलपछि उनीहरु सोमबार आफ्नो जिल्लातर्फ लागेका छन् । दुई दिन विदा भएका कारण बुधबार भेला हुने गरी सांसदहरु आफ्नो गन्तव्यमा लागेको सांसद घिमिरेले बताए ।

‘सम्भवत बुधबार आयोगको कार्यालय जान्छौं,’ उनले भने, ‘एमालेका अन्य माननीयज्यूसँग पनि छलफल जारी छ, उहाँहरुले केही समय माग्नु भएको छ, उहाँहरु आउने हुँदा एक–दुई दिन ढिलो हुनसक्छ ।’

९३ सदस्यीय प्रदेश १ सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशमा एमालेका सभामुखसहित ५१ जना सांसद छन् । तीमध्ये १० जना सांसदले नयाँ पार्टी रोजेका कारण वर्तमान सरकार ढल्ने समाजवादी पार्टीका नेताहरु बताउँछन् ।

  • बहुमत जुटाउने प्रयासमा छु : मुख्यमन्त्री

प्रदेश १ का मुख्मन्त्री आचार्यले आफ्नो पक्षमा बहुमत जुटाउने बताउँछन् । ‘जनतासँग मुख्यमन्त्री कार्यक्रममा उनले नेकपा एमालेका सांसदलाई एमालेमै राखेर बहुमत जुटाउने प्रयास भइरहेको बताए ।

नयाँ पार्टी रोज्ने तयारीमा रहेका १० जना सांसदसँग सम्पर्कमै रहेको बताउँदै उनले एमालेकै बहुमत गुम्न नदिने प्रयास भइरहको बताए ।

रहरले मुख्यमन्त्री नभएको बताउँदै उनले पार्टी विभाजन हुँदा एमालेको क्षति कम गर्न मुख्यमन्त्री बन्न तयार भहेको बताए । उनले आफूसँग काम गर्ने दृष्टिकोण भएका कारण विपक्षी दलहरुलाई समर्थन गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४