Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गगनले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा, अरु को को छन् दावेदार ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १४ २०७८
  • 11.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सोमबार महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरे ।

मंसिर ९–१३ का लागि तय भएको १४ औं महाधिवेशन निर्धारित मितिमै हुने पक्कापक्की जस्तै भएपछि नेताहरुले उम्मेदवारी सार्वजनिक गर्न लागेका हुन् । सभापतिका उम्मेदवारी दिने तयारीमा रहेका उपसभापति विमलेन्द्र निधिले शुक्रबार तामझामका साथ नयाँ बानेश्वरस्थित एक बैंकटमा सम्पर्क कार्यालय खोलेका थिए । सोमबार थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेसमा सभापतिपछि दोस्रो कार्यकारी पद हो, महामन्त्री । वरियतामा उपसभापति भन्दा तलव भएपनि कांग्रेसमा महामन्त्री पद महत्वपूर्ण मानिन्छ । महाधिवेशनको समीकरण प्रष्ट नभएकाले धेरैले उम्मेदवारी घोषणा गरेका छैनन् । तर महामन्त्रीका आकांक्षी नेताहरुको संख्या पनि ठूलै छ ।

महामन्त्रीका आकांक्षीमा दोस्रो पुस्ताको बाहुल्यता छ । थापा भने तेस्रो पुस्ताका नेता हुन् ।

  • संस्थापन समूहमा कोको छन् दाबेदार ?

पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहमा महामन्त्रीका आका‌ंक्षी पाँच नेता छन् । सहमहामन्त्री डा. प्रकाशरण महत स्वाभाविक दाबेदार भए । नेविसंघको महामन्त्री भइसकेका उनी २०६० सालदेखि कांग्रेस केन्द्रीय सदस्य छन् ।

अर्का दाबेदार बालकृष्ण खाँण हुन् । नेविसंघ र तरुण दल दुबैको नेतृत्व गरेर केन्द्रीय राजनीतिमा आएका उनी संगठनमा बलियो पकड भएका नेतामध्ये एक हुन् । देउवा समूहबाट उनी महामन्त्रीका अर्का बलिया उम्मेदवार मानिन्छन् । तर गृहमन्त्रीको जिम्मेवारी दिएर देउवाले महाधिवेशनको टिम व्यवस्थापनमा सहज बनाएको त होइन भन्ने चर्चा संस्थापन समूहमा छ ।

महामन्त्रीका अर्का दावेदार ज्ञानेन्द्रबहादुर कार्की हुन्, जसलाई देउवाले आफ्नो सरकारमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री पनि बनाएका छन् । देउवा, विमलेन्द्र निधिपछि नेविसंघको अध्यक्ष बनेका उनलाई पनि मन्त्री बनाएर देउवाले टिम व्यवस्थापनमा सहज बनाएको त होइन भन्ने चर्चा छ ।

संस्थापन समूहबाट एनपी साउद र विश्वप्रकाश शर्मा पनि महामन्त्रीका आकांक्षी हुन् । नेविसंघको अध्यक्ष भइसकेका विश्वप्रकाशलाई देउवाले यो पटक प्रवक्ताको जिम्मेवारी दिएका थिए । कांग्रेसका युवा नेताहरु भनेर चिनिनेमध्ये उनी मात्र संस्थापन समूहमा भएकाले महामन्त्रीको उम्मदेवार बनाउनुपर्ने दबाव छ ।

संस्थापन समूहबाट महामन्त्रीका दावेदार एनपी साउद पनि नेविसंघको अध्यक्ष भइसकेका नेता हुन् ।

  • संस्थापन इतर समूहमा दाबेदार कम ?

संस्थापन इतर समूहमा भने सभापतिको तुलनामा महामन्त्रीमा उम्मेदवार कम छन् । यो समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला सभापतिका उम्मेदवार छन् ।

जबकी महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका गगनसँगै डा. मिनेन्द्र रिजाल प्रमुख दावेदार हुन् । अघिल्लो महाधिवेशनमै महामन्त्रीमा लडेका थापा स्वाभाविक दावेदार हुन् ।

१३ औं महाधिवेशनमा सिटौला समूहबाट प्रतिस्पर्धा गरेको भए पनि थापा पनि यो पटक संस्थापनइतर समूहको साझा बन्ने प्रयासमा छन् । संस्थापनइतर समूहका हरेक सभापतिका दावेदारले थापालाई आफ् टिममा राख्न चाहन्छन् ।

महामन्त्रीका अर्का प्रवल दावेदार हुन् डा. रिजाल । महामन्त्री डा. कोइराला निकट उनी संस्थापन समूहमा समन्वयकारी भूमिका खेल्ने नेताका रुपमा चिनिन्छन् ।

थापा र रिजालबाहेक चन्द्र भण्डारी, गुरु घिमिरे, प्रदीप पौडेल, धनराज गुरुङ लगायतले पनि महामन्त्रीको आकांक्षी छन् । तर उनीहरुले घोषणा गरेका छैनन् ।

भण्डारी देउवा समूह छाडेर संस्थापनइतर समूहमा आएका नेता हुन् भने नेवि संघको अध्यक्ष र तरुण दलको महासचिव भइसकेका गुरुङको संगठन राम्रो प्रभाव छ । गुरु २०६२/६३ को आन्दोलन ताका नेविसंघको नेतृत्व गरेर आएका नेता हुन् ।

महामन्त्रीका अर्का दावेदार पौडेल पनि नेविसंघका पूर्वअध्यक्ष हुन् । कृष्ण सिटौला निकट उनले पछिल्लो समय क्रियाशील सदस्यता छानविन समितिमा बसेर काम गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४