Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लाजमर्दो भइसक्यो, छिट्टै मन्त्रिपरिषद् विस्तार गरौं’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १४ २०७८
  • 4.9K
    SHARES

सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक ।


काठमाडौं । लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेकोमा सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले असन्तुष्टि जनाएका छन् । सरकार गठन भएको डेढ महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्नुले लाजमर्दो भएको भन्दै नेताहरुले अब एक दिन पनि ढिला गर्न नहुने बताएका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापना भएको भोलिपल्ट २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले चार मन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार चलाइरहेका छन् ।

आफूले शपथ लिएकै दिनमा नेपाली कांग्रेस र माओवादी केन्द्रबाट २–२ मन्त्री (बालकृष्ण खाँण गृह, जनादर्न शर्मा अर्थ, ज्ञानेद्रबहादुर कार्की कानून र पम्फा भुसाल उर्जा) नियुक्त गरेका उनले १३ साउनमा उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेका थिए ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेताहरुले मन्त्रिपरिषद् विस्तार गर्न नसक्नु लाजमर्दो भएको स्वीकार गरेका छन् ।

मन्त्रिपरिषद् विस्तार हुन ढिलाइ हुनुमा सत्तारुढ दलका नेताहरुले सुरुमा सरुमा जनता मसाजवादी पार्टी (जसपा)को आन्तरिक विवादलाई देखाए । ११ साउनमा जसपाको अधिकारिता विवाद टुंगियो, तर श्रेष्ठ बाहेक अरु मन्त्री नियुक्त भएनन् ।

त्यसपछि प्रधानमन्त्रीलाई मत दिएको तर प्रमुख विपक्षी नेकपा एमालेमै रहेको माधवकुमार नेपाल समूहले सरकारमा जाने वा नजाने निर्णय नगरेका कारण मन्त्रिपरिषद विस्तार हुन नसकेको भनियो । सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याएपछि नेता नेपालले २ भदौमा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी दल दर्ता गरे, जसले निर्वाचन आयोगले ९ भदौमै मान्यता दिएको छ ।

तर अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सत्तारुढ दलका नेताहरुका अनुसार गठबन्धनका दलहरुले कति र कुन–कुन मन्त्रालय लिने भन्ने समेत टुंगिएको छैन ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेताहरुले मन्त्रिपरिषद् विस्तार गर्न नसक्नु लाजमर्दो भएको स्वीकार गरेका छन् ।

एक नेताका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले ‘बाहिरबाट हेर्दा अति भइसक्यो, अब ढिला गर्न हुन्न’ भनेका थिए । ‘मन्त्रिपरिषद् विस्तारमा ढिला भयो । छिटो गर्नुस्, २/३ दिनमा टुंग्याउनु भनेका छौं,’ एकीकृत समाजवादीका नेता विजय पौडेलले भने ।

  • मन्त्रालय भागवण्डा भोलि

सोमबारको बैठकमा मन्त्रालय भागवण्डाबारे कुनै छलफल नभएको नेताहरुले बताएका छन् । यसबारे भोलि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल गर्ने तयारी छ ।

शीर्ष नेताहरुबीच सहमति जुटे पर्सिसम्म मन्त्रिपरिषद् विस्तार हुनसक्ने नेताहरु बताउँछन् । सोमबार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले भोलि थप छलफल हुने ब्रिफिङ गरेका थिए । माओवादी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल भन्छन्, ‘केही टुंगिएको छैन, भोलि बिहान बस्ने भन्नुभएको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४