Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माधव नेपालको पार्टीले मन्त्री बन्न मापदण्ड बनाउने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १४ २०७८
  • 2.7K
    SHARES

माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी)ले निर्धारित मापदण्डका आधारमा पार्टीका तर्फबाट मन्त्रिपरिषदमा सामेल हुने व्यक्तिको छनोट गर्ने भएको छ ।

सो पार्टीले सरकारमा सामेल हुनका लागि निश्चित मापदण्ड तयार पार्ने र सो मापदण्डमा टेकेर मन्त्रीका लागि प्रस्ताव गर्ने भएको हो ।

यसअघि पार्टी सदस्यताका लागि पनि सो पार्टीले मापदण्ड निर्धारण गर्दै सरकारी कर्मचारी, शिक्षक तथा प्राध्यापक, भ्रष्टाचारीलाई पार्टीको सदस्यता नदिने नीति सार्वजनिक गरेको थियो ।

पार्टीमा मन्त्रीका आकांक्षी बढेपछि निश्चित मापदण्ड बनाएर मापदण्डका आधारमा पार्टीका तर्फबाट मन्त्रिपरिषदमा सामेल हुने व्यक्तिको छनोट गर्न लागिएको नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय सभा संसदीय दलका नेता समेत रहेका डा. बेदुराम भुसाल बताए ।

‘मन्त्रीका आकांक्षी बढ्नु स्वभाविक हो । तर हामी एउटा निश्चित मापदण्ड बनाएर मात्रै सरकारमा जाने प्रयासमा छौ’, भुसालले जन न्यूज नेपाल खबरसँग भने, ‘भुगोलसहितको समावेशीता र इतिहास र वर्तमानलाई समेत जोड्ने गरी मापदण्ड बन्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४