Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्त्रिपरिषद विस्तारबारे बालुवाटारमा शीर्ष नेताबीच छलफल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १३ २०७८
  • 3.8K
    SHARES

काठमाडौँ  / सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रिमण्डल विस्तारबारे छलफल भएको छ । मन्त्रिपरिषदको विस्तारबारे सोमबार अन्तिम टुंगो लगाउने बालुवाटारमा सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो । छलफलमा दोस्रो तहका नेताहरुको पनि सहभागिता थियो ।

आइतबार बिहानै भएको छलफलमा मन्त्रिमण्डल विस्तार र मन्त्रालयको भागबण्डाबारे कुराकानी भएको सहभागी एक नेताले जानकारी दिए । गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अहिलेसम्म चार मन्त्रीसहित एक राज्यमन्त्री मात्र नियुक्त गरेका छन् । गठबन्धनमा सहमति नजुट्दा लामो समयसम्म सरकारले पूर्णता पाउन सकेको छैन ।

‘आज मन्त्रिपरिषद विस्तारबारे सामान्य छलफल भयो,’ बैठकमा  सहभागी एक नेताले जन न्युज नेपाल खबरसंग भने, ‘जनता समाजवादी पार्टीका शीर्ष नेता बाहिर रहेकाले भोलि (सोमबार) फेरि बसेर अन्तिम टुंगो लगाउने सहमति भएको छ ।’

एमालेबाट छुट्टिएका माधव नेपाल नेतृत्वको समाजवादीलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी अनुसार नेताहरुबीच छलफल भएको हो । तर, जसपाका नेता उपेन्द्र यादवले बाहिरी जिल्लामा पार्टीको कार्यक्रम रहेकाले १३ गतेसम्म पर्खिदिन प्रधानमन्त्री देउवालाई आग्रह गरेकाले सरकार विस्तार १४ गतेसम्म लम्बिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४