Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

झलनाथ खनाल सोमबार काठमाडौं फर्किँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १३ २०७८
  • 4.7K
    SHARES

पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल सोमबार (भोलि) अपराह्न भारतको नयाँ दिल्लीबाट काठमाडौं फर्कने भएका छन् ।  मृगौलामा समस्या भएपछि स्वास्थ्य उपचारका लागि नेता खनाल गत असार २ गते भारतको दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका थिए । 

स्वास्थ्य अवस्थामा सुधार आएसँगै नेता खनाल काठमाडौं फर्कन लागेको उनको निजी सचिवालयले जनाएको छ ।  कोरोना संक्रमण तथा मृगौलामा समस्या उत्पन्न भएपछि गत जेठ २१ गते उनी काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका थिए । 

भारतमा उपचारका लागि प्रस्थान गर्दा पार्टी एक बनाउन सन्देश दिएका उनले भदौँ ९ गते पार्टी विभाजन हुँदा आफू नेकपा एकीकृत समाजवादी पार्टीमा रहने भन्दै भारतस्थित नेपाली दूतावास, परराष्ट्र मन्त्रालयको समन्वयमा दल दर्ताका लागि सनाखत गरेका थिए । 

औपचारिक रुपमा पार्टी विभाजनको अघिल्लो चन्द्रागिरीमा बसेको माधव नेपाल समूह पक्षको बैठकमा उनले दिल्लीबाटै भर्चुअल रुपमा सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४