Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पार्टीको महाधिवेशनरुपी महायज्ञमा जुटौं : महामन्त्री खड्का


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १३ २०७८
  • 2.3K
    SHARES

काठमाडौं । नेपाली काँसका महामन्त्री पूर्णबहादुर खड्काले ताकिएकै मितिमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गरेका छन् । काँग्रेसले आगामी मंसिर ९–१३ मा महाधिवेशन गर्ने गरी भदौ १८ मा वडा अधिवेशन गर्दैछ ।

त्यसका लागि केन्द्रित हुन  महामन्त्री खड्काले बताए । महामन्त्री खड्काले ट्वीट गर्दै महाधिवेशनका विषयमा कुनै अन्यौलता नरहेको बताए । उनले भदौ १८ गतेदेखि सुरु हुन लागेको वडा अधिवेशनलाई उत्सवका रुपमा देशभरि एकसाथ मनाउन अनुरोध गरे ।

‘अब कहि कतै भ्रम नरहोस्। अन्योल र अलमलमा नपरौँ । भाद्र १८ गते देखि वडा अधिवेशन प्रारम्भ हुन्छ। यो सँगै नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया प्रारम्भ हुन्छ । पार्टीका सबै तहका नेता,पार्टी सदस्यहरु, शुभचिन्तकहरु हामी सबै पार्टीको महाधिवेशनरुपी  महायज्ञमा जुटौँ ।’ 

शनिबारबाट काँग्रेसको १४ औं महाधिवेशनको प्रक्रियामा भएको अलमल टुंगिएको छ । काँग्रेस जिल्ला सभापतिहरूले शनिबार पार्टी केन्द्रीय कार्यालयमा ८ भदौबाट जारी धर्ना तथा अनसन टुङ्ग्याए सँगै महाधिवेशनको सुरुवाती प्रक्रिया पनि सुनिश्चित भएको हो । 

१८ भदौबाट वडा अधिवेशन सुरु गरेर २२ भदौसम्म वडा अधिवेशन सक्नेगरी शीर्ष तहमा सहमति भएको छ ।  शनिबारसम्म ५३ जिल्लाको सदस्यता सार्वजनिक भइसकेको छ । 

सोमबारसम्म ७७ जिल्लाकै क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्ने काँग्रेसको तयारी छ । काँग्रेसले शनिबारसम्म ४८ जिल्लामा मतदाता अधिकृत पनि खटाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४