Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माधव नेपालले सांसदहरुलाई देउवाको पाउमा चढाउँदैछन् : महेश बस्नेत


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र १२ २०७८
  • 2.2K
    SHARES

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपालले मन्त्री पदका लागि सांसदलाई शेरबहादुर देउवाको पाउमा चढाउन खोजेको टिप्पणी गरेका छन् ।

शनिबार युथ फोर्सले ललितपुरको लुभुमा गरेको कार्यक्रममा उनले नेता नेपालको कडा आलोचना गर्दै मन्त्री पदका लागि सांसदहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाको पाउमा चढाउन लागेको बताए ।

सुन्दैछु, ६ जनाले मन्त्री खाँदै छन् । माधव नेपालले हिजो प्रधानमन्त्री खान राजाको पाउमा दाम चढाउनुभयो, अहिले मन्त्री खानका लागि शेरबहादुर देउवाको पाउमा आफ्ना सांसद चढाउँदै हुनुहुन्छ’ उनले भने ।

माधव नेपाले आफू नेतृृत्वमा हुँदा एमालेलाई ३३ सिटमा झारेको र माओवादीमा बिलय गराउन खोजेको पनि बस्नेतले आरोप लगाए । ‘माधव नेपालले झलनाथ खनालको साथ लिएर पार्टीलाई माओवादीमा विलय गराउँदै हुनुहुन्थ्यो, त्यतिबेला केपी ओलीले रोक्नुभयो’ उनले भने ।

सांसद बस्नेतले माधव नेपाललाई साथ दिने नेताहरुलाई एमालेमै फर्किन आग्रह गरे । ‘मदन भण्डारीको नाम बेचेर माधव नेपाल र झलनाथ खनालले प्रचण्ड र शेरबहादुरको टाङमुनि छिराउँदैछन्’ उनले भने, ‘अरु नेताहरुले त्यस्ता काममा साथ दिनु हुँदैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४