Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र १२ २०७८
  • 14.4K
    SHARES

२०७८ भाद्र १२ गते, शनिबार, २८ अगष्ट २०२१। चन्द्रराशि– मेष।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पहिले गरेकाे मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। तर काममा अनुमानभन्दा बढी लगानी लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा खर्च हुनेछ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

ठूलो उपलब्धि प्राप्त गर्न केही कुरा गुमाउनुपर्ने हुन सक्छ। काममा लगानी बढाउनुपर्ला। मिहिनेतले नाम, दाम र इनाम पनि दिलाउनेछ। सोखले दैनिकी खर्चिलो हुनेछ। तापनि विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। फाइदा कमै भए पनि तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

काममा व्यस्तता बढ्नेछ तर शरीरमा कमजोर रहनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ। समयमा गम्भीर नबन्दा केही दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम र आहारविहारमा ध्यान पुर्याउनुहोला। मिहिनेतले प्रतिफल दिलाउनेछ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

रमाइलो परिवेश देखिए पनि घर-गृहस्थीमा समस्या आउन सक्छ। मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि सजग रहनुहोला। रमाइलो यात्राको योग देखिए पनि मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न विलम्ब हुनेछ। लोकाचारका लागि फजुल खर्च बढ्न सक्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत प्रतीक्षा गर्नुहोला।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

व्यापारलगायत आर्थिक लाभ हुने काममा जुट्ने समय छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। तर सोखले खर्च बढाउनेछ भने समय दिन नसक्दा प्रतीक्षा गरिएको नतिजा कमजोर रहनेछ। दिगो कामलाई केही समय पर्खनुपर्ला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बाहिरी काम छोडेर पनि आफन्त र परिवारलाई समय दिनुपर्ला। कृषि तथा पशुधनले मनग्य फाइदा दिलाउनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला। बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा लक्ष्यमा पुगिनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

विभिन्न अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो सहज नरहला। चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। बलभन्दा बुद्धिको उपयोगले काम बन्नेछ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। लाभांश खर्च भए पनि व्यापार बढ्नेछ। प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

तार्किक क्षमता बढ्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्ला। कामले सम्मानित स्थान दिलाउनेछ। प्रशंसकहरू बढ्नेछन् र सहयोगीहरू जुट्नेछन्। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। शुभचिन्तकहरूको साथ पनि पाइनेछ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

समय लागे पनि काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। साँझतिर लेखन तथा सिर्जनात्मक काममा रुचि बढ्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूलेे साथ दिनेछन्।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

खर्च लागे पनि लगानीको अवसर जुट्न सक्छ। दिगो योजनाका लागि ऋण लिने समय छ। छिमेकमा केही असमझदारी देखिएला। बिनाकारण साथीभाइ टाढिन सक्छन्। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। शुभचिन्तकहरूका माध्यमबाट कर्जाको धन हातलागी हुनेछ।

# नेपाली पात्रोबाट साभार गरिएको # उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४