Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साता नबित्दै मुख्यमन्त्री शाक्यको पद संकटमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १० २०७८
  • 3.2K
    SHARES

हेटौंडा । नेकपा एमाले औपचारिक रुपमा विभाजन भएसँगै नियुक्ति भएको साता नबित्दै वागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ । नेता माधव नेपालको पक्षमा उभिँदै आएकी नेतृ शाक्यले दल विभाजनका बेला भने नेता नेपाललाई दिइनन् ।

अध्यक्ष ओलीलाई साथ दिएपछि शाक्यलाई पूर्वमुख्यमन्त्री डोरमणि पौडेलकै प्रस्तावमा भदौ २ गते राति संसदीय दलको नेता चयन गरिएको थियो । शाक्य प्रदेशसभामा बहुमतप्राप्त दल नेकपा एमालेको संसदीय दलको नेताको रुपमा संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री नियुक्त भएकी हुन् ।

तर नेकपा एमाले छाडेर नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरिसकेका छन् । माधव नेपाललाई साथ दिँदै वाग्मती प्रदेशसभाका पनि कतिपय सांसद नेकपा एकीकृत समाजवादीमा गएका छन् ।

वाग्मतीमा १०९ प्रदेश सांसदमध्ये एमालेबाट सभामुखसहित ५६ जना छन् । हालको अवस्थामा दुईजना मात्र एमाले सांसदले अर्को दल रोजेमा मुख्यमन्त्रीको पद धरापमा पर्ने निश्चित छ ।

संविधानअनुसार सत्तारुढ दल विभाजन भएमा मुख्यमन्त्रीले ३० दिनभित्रमा प्रदेशसभामा विश्वासको मत लिनुपर्छ । वाग्मतीमा १०९ प्रदेश सांसदमध्ये एमालेबाट सभामुखसहित ५६ जना छन् । हालको अवस्थामा दुईजना मात्र एमाले सांसदले अर्को दल रोजेमा मुख्यमन्त्रीको पद धरापमा पर्ने निश्चित छ ।

नयाँ दल दर्ता भएको औपचारिक पत्र प्रदेशसभामा भने आइसकेको छैन । एमालेबाट सामाजिक विकास मन्त्री समेत रहेका कृष्णप्रसाद शर्मा खनाल, राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं र लक्ष्मण लम्साल नेकपा समाजवादीको रुपमा खुलिसकेका छन् ।

दल विभाजन अध्यादेश अनुसार कुनै दल विभाजित भई बनेको नयाँ दल रोज्ने सांसदले दल दर्ता भएको २१ दिनभित्र निवेदन दिनुपर्नेछ । बुधबार नेकपा एकीकृत समाजवादी दल दर्ता भएपछि २१ दिनसम्म प्रदेशसभा सदस्यले दल रोज्न पाउनेछन् । वाग्मती प्रदेशसभामा यो पार्टीमा कति सांसद हुनेछन् भन्ने टुंगो लाग्न भने २१ दिन कुर्नुपर्नेछ ।

वाग्मती प्रदेशसभामा नेकपा एमालेका ५६ सांसदमध्ये ओली पक्षका ३४ र नेपाल पक्षका २२ सांसद थिए । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, विपक्षी दल नेपाली कांग्रेसका २२ सांसद छन् । साना दलहरु नेपाल मजदुर किसान पार्टीका ३, विवेकशील साझा पार्टीका ३, राप्रपाका २ र स्वतन्त्र एक सांसद छन् ।

केन्द्रमा कांग्रेस र माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको एउटै गठबन्धनमा भएका कारण प्रदेशमा पनि सोही गठबन्धन हुने निश्चित छ । कांग्रेस र माओवादी एमालेसँग नमिल्दा साना दललाई मात्र समेटेर एमालेले सरकार बनाउन सक्ने अवस्था छैन ।

मुख्यमन्त्री शाक्य भने पदमा रहेर आइपर्ने सम्पूर्ण समस्या बुझेर अघि बढ्ने बताउँछिन् । ‘एकताको लागि मुख्यमन्त्री पद स्वीकार गरेर एमालेमा समाहित भएँ, अबको अवस्था पनि बुझेर अघि बढ्छु’ उनले भनिन्, ‘अहिले एमालमै छु, प्रदेशको राजनीतिको अवस्था बुझ्दै छु परिस्थितको मूल्यांकन गरेर अघि बढ्छु ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४