Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चर्चित लोक दोहोरी गायक प्रकाश कटुवाल १८ महिना पछि निर्दोष साबित भए !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १० २०७८
  • 13.6K
    SHARES

काठमाडौँ / चर्चित लोक दोहोरी गायक तथा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय प्रथम उपाध्यक्ष प्रकाश कटुवाल १८ महिना पछि निर्दोष साबित भइ  !आज रिहा भएका छन् । उनी गत २०७६ साल फागुन ३० गते बाट पुर्पक्षका लागि थुनामा पठाइएका थिए । होटल व्यवसायीमाथि आक्रमण गरेको  र गर्न लगाएको झुटा आरोप लगाएर चर्चित लोकदोहोरी गायक कटुवाललाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । 

२०७६ साल फागुन २ गते पोखरामा राष्ट्रिय संगीतकर्मी संघले बनभोज कार्यक्रम आयोजना गरेको हुदाँ सो कार्यक्रममा जाने क्रममा दिउसोको समयमा सामान्य बिबाद भएको र बिबाद समाधान गरेर गायक प्रकाश कटुवाल स-परिवार पोखरा गएका थिए । तर सोहि दिन बेलुका दुइ जना अज्ञात व्यक्ति आएर होटल ब्याबसायी लालकाजी गुरुङमाथि आक्रमण गरे त्यसपछि प्रकाश कटुवालसहित दुई जनाले होटल डाँफे डुम्रेका सञ्चालक लालकाजी गुरुङमाथि आक्रमण गरेको भनेर झुटा आरोप लागेको थियो । 

  त्यसपछि होटल ब्याबसायी लालकाजी गुरुङकी छोरी सोनिकाले फागुन ५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएपछि प्रकाउ परेका चर्चित लोकदोहोरी गायक प्रकाश कटुवाल करिब १८ महिना लामो कारागार बसाइबाट बिहिबार आफुलाई निर्दोष साबित गराउदै थुनामुक्त भएका छन् । सो कुरा गायक प्रकाश कटुवालको दाइ जित बहादुर कटुवालले जन न्युज नेपाल खबरलाई जानकारी गराउनु भएको छ । १८ महिनादेखि थुनामा रहेका गायक कटुवाललाई बिहिबार जिल्ला अदालत तनहुँले निर्दोष साबित् गरेको दाइ जित बहादुर कटुवालले जन न्युज नेपाल खबरलाई बताउनुभयो । उनका अनुसार  आज सबैजना तनहुँमै बस्ने र भोली काठमाडौं आउने पनि दाइ जित बहादुर कटुवालले जन न्युज नेपाल खबरलाई बताएका छन् । 

रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने कुँबुकास्थलीमा जन्म घर भएका कटुवाल बिगत लामो समय देखि काठमाडौँमा बस्दै आएका छन्। बिगत लामो समय देखि   लोक दोहोरी क्षेत्रमा सफल कलाकारका रुपमा चिरपरिचित् नाम हो प्रकाश कटुवाल !! तेतिमा मात्रै सिमित छैनन् उनि । एक सफल ब्याबसायी समाजसेवी भद्र सालिन र अरुको दुखमा सधैं मलम लगाउने सबैलाई मान् सम्मान गर्ने  र सबैको प्यारो मान्छे हुन् गायक प्रकाश कटुवाल सबैलाई माया गर्ने सबको भलो चाहने व्यक्ति हुन् उनि तर कहिले काहिँ समयले धोका दिदा करिब १८ महिना दु;ख पीडाको जीन्दगी बिताउन बाध्य भए प्रकाश कटुवाल ! 

आखिर सत्यको जित अबश्य हुने रहेछ। राष्ट्रिय सङ्गीतकर्मी संघको केन्द्रीय प्रथम उपाध्यक्ष चर्चित गायक प्रकाश कटुवाल पुर्पक्षको लागि थुनामा रहेको र आज करिब १८ महिना पछि निर्दोष साबित भइ रिहाई भएको हुदाँ आज सम्मानित अदालतले ढिलै भए पनि न्याय दिएको र न्याय अझै नि मरेको छैन भनेर निर्दोष साबित गरेकोमा अदालतलाई पनि बधाई दिदै थुनामा रहदा पाएका पीडालाई शक्तिमा बदलेर प्रत्येक क्षणलाई शिक्षाको रुपमा स्वीकार गर्दै आगामी दिनमा प्रत्येक पाइला सफलतामा लम्कियोस यहि शुभकामना प्रकाश भाइ !!! जन आवाज मिडिया हब प्रालि परिवारको तर्फबाट हार्दिक बधाई दिन चाहन्छौं। नेत्र बहादुर कार्की  प्रबन्धक निर्देशक जन आवाजमिडिया हब प्रालि । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४