Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश १ का मुख्यमन्त्री आचार्यले गरे पदभार ग्रहण


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १० २०७८
  • 4.6K
    SHARES

काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट सपथग्रहणपछि आचार्यले पदभार ग्रहण गरेका हुन् ।

बिहीबार प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएपछि आचार्यलाई  प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्रीको शपथ ग्रहण गराएका थिए ।

मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएपछि राईले राजीनामा बुझाए । राईले राजीनामा बुझाएलगत्तै भीम आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन् ।

मुख्यमन्त्री आचार्यले  प्रदेश सुशासन र सेवा प्रवाहका सम्बन्धी निर्णयमा पहिलो हस्ताक्षर गरेको प्रदेश १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए ।

पदभार ग्रहण गरेका मुख्यमन्त्री आचार्य आजै आफ्नो गाउँ इनरूवा जाने बताइएको छ । आचार्यको मुख्यमन्त्री नियुक्तिको तयारी हुँदै गर्दा उनका भाइ राम्रप्रसाद घरमा मृत भेटिएका थिए । भाइको अन्तिम संस्कारका लागि उनी घर जान लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४