Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माधव नेपाल र महन्थ ठाकुरलाई नयाँ दल दर्ताको प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ९ २०७८
  • 14.6K
    SHARES

काठमाडौं । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको दर्ता प्रक्रिया आज टुंगो लगाउने तयारी गरेको छ ।

आयोगले दुवै दलका नेताहरुलाई सनाखतको लागि आज बोलाएको छ । सामान्यता सनाखतपछि आयोगले दल दर्ताको प्रमाणपत्र दिने गर्दछ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जन न्युज नेपाल खबरसँग भने, ‘सामान्यता अरु कुराले रोकिएन भने सनाखतपछि टुंगिनै हाल्छ । थप बुझ्नुपर्ने भएमा चाहिं निर्णय नआउन पनि सक्छ ।’

सनाखतका लागि बुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्मको समय दिइएको छ । दल दर्ताको निवेदनमा जुन नेताहरुको नाम छ, ती नेताहरु आफैं उपस्थित भएर सनाखत गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता श्रेष्ठले बताए ।

राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार नयाँ दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत अलग भएको हुनुपर्छ । एमालेका २०३ केन्द्रीय सदस्यहरुमध्ये माधव नेपालले नेकपा एकीकृत समाजवादी दर्ताका लागि ५७ केन्द्रीय सदस्यहरुको नामावली आयोगमा बुझाएका थिए । यसैगरी ठाकुरले ३१ जना कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४