Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा एकीकृत समाजवादीको विधान : १७ पदाधिकारी, अध्यक्ष पनि राष्ट्रिय परिषद्ले चुन्ने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ८ २०७८
  • 5.7K
    SHARES

काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीले १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ ।

चन्द्रगिरीमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत विधानअनुसार अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, ७ सचिव गरी १७ पदाधिकारी हुनेछन् । उनीहरुसहित ११५ पूर्ण र ३६ जना वैकल्पिक केन्द्रीय सदस्य हुनेछन् ।

केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु भने राष्ट्रिय परिषद्बाट चुन्ने प्रस्तावित विधानमा उल्लेख छ ।

हरेक ५ वर्षमा हुने महाधिवेशन हुन्छ, जसले राष्ट्रिय परिषद्का सदस्यहरु चुन्नेछ । परिषद्मा प्रत्येक जिल्लाबाट प्रतिनिधिसभा क्षेत्र बराबर, एक महिला तथा एक दलित हुनेछन् । पार्टीको जनसंगठनबाट एक–एक जना तथा महिला, युवा र विद्यार्थी संंगठनबाट तीन–तीन जना, अन्य जनसंगठनबाट एक–एक जना, प्रदेश सम्पर्क कमिटीबाट एक–एक जना र खुला १०० जना राष्ट्रिय परिषद्का सदस्यहरु महाधिवेशनबाट चयन गर्ने प्रस्तावित विधानमा उल्लेख छ ।

राष्ट्रिय परिषद्का सदस्यहरुले केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोगका सदस्य र पदाधिकारीहरु चुन्नेछ ।

अर्थात पार्टीको अध्यक्ष र पदाधिकारीहरु पनि महाधिवेशनबाट होइन, राष्ट्रिय परिषद्बाट चुनिने व्यवस्था गरिएको छ ।

हेर्नुस् प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको विधान

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४