Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महाधिवेशनको मुखमा क्रियाशील सदस्यता वितरण गर्ने काम रोक्नुपर्छ : पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ८ २०७८
  • 2.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महाधिवेशनको मुखमा क्रियाशील सदस्यता वितरणको काम रोक्नुपर्ने सुझाव दिएका छन् । उनले क्रियाशील सदस्यता नियमित रुपमा वितरण गर्नुपर्ने र अधिवेशनको वर्ष सदस्यता वितरण रोक्नुपर्ने सुझाव दिए । ‘क्रियाशील सदस्यतालाई लिएर सधैं हुने विवाद रोक्ने हो भने नियमित ढंगबाट अधिवेशन सकिने वित्तिकै क्रियाशील वितरण गर्ने र अद्यावधिक गर्ने काम गर्नुपर्छ,’ उनले भने, ‘अधिवेशन गर्ने वर्ष चाहिं क्रियाशील वितरण गर्ने काम रोक्नुपर्छ ।’

क्रियाशील सदस्यता छानविन समितिका प्रवक्ता समेत रहेका नेता पौडेलले अधिवेशनमा जीत–हारको अंकगणित हेरेर सदस्यता वितरण गर्ने प्रवृत्तिका कारण विवाद हुने गरेको बताए  । ‘अधिवेशनको मुखमा क्रियाशील सदस्यता बाँड्ने र क्रियाशील सदस्यता हेरेर आफ्नो गणित मिलाउने प्रवृत्ति पार्टीमा छ, यसले गर्दा सदस्यलाई लिएर ठूलो विवाद हुने गरेको हो,’ उनले भने, ‘अनि चार वर्षको काम ४० दिनमा हतारमा अधिवेशनको मुखमा गर्न खोजेपछि समस्या बल्झिने नै भयो । अब यसलाई सच्याउनै पर्छ ।’

कांग्रेसको विधानमा पनि प्रत्येक वर्ष क्रियाशील सदस्यता वितरण गर्ने प्रावधान छ । तर कांग्रेसले भने महाधिवेशन नजिकिएपछि मात्रै सदस्यता वितरण गर्ने काम गर्दै आएको छ । नेता पौडेलले क्रियाशील सदस्यतालाई व्यवस्थित गर्न पार्टीमा छुट्टै संयन्त्रको खाँचो औंल्याए ।

कांग्रेसले लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवादमा सैद्धान्तिक सहमति जुटाएको छ । वडा अधिवेशन आउन १० दिन बाँकी रहँदा क्रियाशील सदस्यता विवाद टुंगिएको हो । सोमबार साँझ नेताहरुले सहमतिको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएका हुन् ।

नेता पौडेलले क्रियाशील सदस्यता विवादमा सहमति जुटेसँगै महाधिवेशन सुनिश्चित भएको बताए । ‘क्रियाशील सदस्यताको विवाद नसुल्झिंदा महाधिवेशन गर्न जुन खालको जटिलता देखिएको थियो, त्यो एक हदसम्म सहज भएको छ,’ उनले भने, ‘शतप्रतिशत क्रियाशील सदस्यता सदर हुने अवस्था त होइन, तर प्रक्रियामा जाँदा कतिपय ठाउँमा स्थगन हुन्छ नै । सदस्यताका विषयमा जति पनि समस्या थिए, ती सबैलाई छानविनको दायरामा ल्याउने काम भएको छ ।’

कांग्रेसले १४ औं महाधिवेशन मंसिर ९–१३ सम्म गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । महाधिवेशन कार्यतालिका अनुसार भदौ १८ मा वडा अधिवेशन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४