Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माधव समूह भन्छ : बालकोटको सहमति हाम्रा लागि होइन, एमालेमै बस्न चाहनेलाई फेससेभिङ मात्र हो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ७ २०७८
  • 3.7K
    SHARES

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले अब नेकपा एमालेमै फर्किने सम्भावना नरहेको बताएका छन् ।

लामो समय नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा सहभागी नभएका भीम रावल, घनश्याम भुसाललगायतले सोमबार भएको छलफलमा अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन गर्न सैद्धान्तिक रुपमा सहमत भएका छन् ।

भोलि मंगलबार विहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठकले पार्टी संरचनालाई २ जेठ २०७५ मा फर्काउने कार्यतालिका बनाउने छ ।

भेटमा सहभागी नेताहरुका अनुसार स्थायी कमिटी बैठकले नयाँ पार्टी दर्ता प्रक्रिया रोक्न र एकतामा आउन नेताहरुलाई आह्वान गर्ने सहमति पनि गरेको छ ।

तर नेकपा एकीकृत समाजवादी पार्टी दर्ताको प्रक्रियामा रहेका नेताहरुले भने यसको अर्थ नभएको बताएका छन् । नेपाल समूहका नेता राजेन्द्र राई भन्छन्, ‘त्यो (बालकोट) वार्तामा हाम्रा प्रतिनिधि छैनन् । हाम्रो प्रतिनिधि नभएपछि वार्ता के मतलब ?’

यो माधव नेपाल समूहमा रहेका, तर हाल नयाँ पार्टीमा नआएका नेताहरुको फेससेभिङका लागि मात्र भएको उनी बताउँछन् । ‘केही साथीहरु जसरी पनि जान चाहनुहुन्थ्यो, केहीलाई फेससेभिङ चाहिएको थियो, सहमति त्योभन्दा केही होइन ।’

उनका अनुसार २ जेठमा फर्किनुपर्ने आफूहरुको सुरुवाती माग हो । तर अहिले वैचारिक मतभिन्नता धेरै भएको भन्दै केन्द्रीय सदस्य राई भन्छन्, ‘पार्टी एकताका लागि वातावरण चाहिन्छ, मिलेर काम गर्ने विश्वास हुनुपर्छ । संगठनिक विषय र राजनीतिक वैचारिक मुद्दा मिल्नुपर्छ । तर अहिले यो कुनै पनि अवस्था छैन ।’

ओलीले आफ्नो कमजोरी स्वीकार गर्नेभन्दा पनि टालटुल पारेर पार्टीमा हुल्ने र मौका पाएको बेला किनारा लगाउने दाउ मात्र भएको खेलेको नेता राईको आरोप छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४